एलएल.एम.को परीक्षाफल ७ दिनमै प्रकाशित

१५ मंसिर २०८२

एलएल.एम.को परीक्षाफल ७ दिनमै प्रकाशित

काठमाडौं । त्रिभूवन विश्वविद्यालय कानून संकाय, डीन कार्यालयले विगतमा ८ महिनादेखि एक वर्षसम्म लगाउने गरेको एलएल.एम.को परीक्षाको नतिजा यसपटक सात दिनमै प्रकाशित गरेर रेकर्ड कायम गरेको छ ।
त्रिवि कानुन संकायको डीन कार्यालयले गत मंसिर ९ गते सञ्चालित एलएल.एम. तह ( ४ सेमेष्टर समूह) को दोस्रो सेमेष्टर र एलएल.एम. तह (६ सेमेष्टर समुह) को दोश्रो सेमेष्टरका नियमित र आशिंक दुवैको नतिजा सोमबार (मंसिर १५ गते) प्रकाशित गरेको हो ।

त्रिवि कानुन संकायका सहायक डीन केशरमणि अर्यालका अनुसार त्रि.वि.कानुन संकायका नवनियुक्त डीन प्रा.डा. डीएन पराजुलीको कार्ययोजना बमोजिम सातै दिनमा नतिजा प्रकाशन सम्भव भएको हो ।

कानुन संकायले सञ्चालन गर्ने सेमेष्टर प्रणालीअन्र्तगतका परीक्षाहरुको सञ्चालन र नतिजा शैक्षिक कार्यतालिका बमोजिम निर्धारित समयमा गर्ने रहेको अर्यालले बताए ।

उनले भने, ‘डीन कार्यालयले लिने सेमेष्टर प्रणालीअन्र्तगतका सबै तहका परीक्षाहरुको नतिजा परीक्षा समाप्त भएको मितिले ६० दिनभित्रमा गरिसक्ने नीति रहेको छ ।’

त्यसैगरी, नेपाल ल क्याम्पसका उप–प्राध्यापक सरोजकुमार गिरीका अनुसार विगतमा नतिजा प्रकाशन गर्न ८–९ महिनासम्म लाग्ने गरेको थियो, जसका कारण विद्यार्थीको भविष्यमा नकारात्मक असर पर्नुका साथै मनोवैज्ञानिक समस्या समेत सिर्जना हुने गरेको थियो ।

कानून संकाय, डीनको कार्यालयले पाँचवर्षे बीए.एलएल.बी.र एलएल.एम. तीनवर्षे र दुई वर्षे) को परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्दै आएको छ ।

 

सम्बन्धित खवर

विष्णु पौडेलकी पत्नीद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, बिहिबार पेसी

विष्णु पौडेलकी पत्नीद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, बिहिबार पेसी

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै...

रकम फिर्ताका निम्ति कामपामा ६ हजार बचतकर्ताको आवेदन

रकम फिर्ताका निम्ति कामपामा ६ हजार बचतकर्ताको आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका...

ब्युटी पार्लर : सौन्दर्य उद्योगको कालो पक्ष

ब्युटी पार्लर : सौन्दर्य उद्योगको कालो पक्ष

काठमाडौँ । नेपालको सौन्दर्य उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ । यो वृद्धि भारत,...

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

काठमाडौँ । आफ्नाे सपनाकाे घर वा जग्गा किन्ने तयारीमा हुनुहुन्छ ? तर के तपाईंलाई...