नयाँ वकीलका लागि बारको तालिम

१६ मंसिर २०८२

नयाँ वकीलका लागि बारको तालिम

काठमाडौं । नेपाल बार एशोसिएसनले नयाँ कानून व्यवसायी (वकील)हरुका लागि तालिम आयोजना गर्ने भएको छ ।

ललितपुरको जावलाखेलस्थित प्रशिक्षण प्रतिष्ठानमा बिहीबार बिहान साढे सात बजेदेखि बेलुका साढे ५ बजेसम्म नयाँ वकिलहरुलाई तालिम दिइने बार एशोसिएसनले जनाएको छ ।

बार एशोसिएसनका महासचिव केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार नवोदित कानून व्यवसायीहरुको व्यावसायिक तथा व्यवहारिक ज्ञान क्षमता विकास गरी महिला, दलित, आदिबासी, आदिबासीरजनजाती, मधेशी, मुस्लिम, थारु, उत्पीडित वर्ग, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक, पिछडिएको क्षेत्र, आर्थिकरुपले विपन्न खस आर्य समुदाय लगायतको न्यायमा पहुँचको अभिवृद्धि गर्ने कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ ।

नेपाल बार एशोसिएशनले तत्कालीन Strengthening the Rule of Law and Human Rights Protection System in Nepal Programme- RoLHR/UNDP र पछिल्लो समयमा Enhancing Access to Justice through Institutional Reform Project (A2J Project-/UNDP)  सँगको सहकार्यमा विगत लामो समयदेखि महिला तथा सीमान्तकृत वर्गका नवोदित कानून व्यवसायीहरुको व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम (Legal Internship/Externship Program) सञ्चालन गर्दै आएको कोइरालाको भनाइ छ ।

कार्यक्रममा अभ्यासवृति कार्यक्रममा सहभागी रहनु भएका कानून व्यवसायीहरुको सहभागिता रहने जनाइएको छ ।

विगतमा यस कार्यक्रमबाट करिब ३४५ जना नवोदित कानून व्यवसायीहरु लाभान्वित भइसकेका बारले जनाएको छ ।

सम्बन्धित खवर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र...

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार...

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको...

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान...