देशभरका वकील जनकपुरधाममा जम्मा हुँदै

१६ मंसिर २०८२

देशभरका वकील जनकपुरधाममा जम्मा हुँदै

काठमाडौं । नेपाल बार एशोसिएसनसँग सम्वद्ध देभैभरिका बरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरुको जमघट जनकपुरमा हुने भएको छ । आगामी साता हुने वकीलहरुको दुई दिने भेलाले नेपालको पछिल्लो संवैधानिक एवं कानूनी प्रश्नहरुबारे गम्भीर विचार विमर्श गर्नेछ ।

नेपाल बार एशोसिएसनको आयोजनामा यही मंसिर २४ र २५ गते जनकपुरमा दुई दिने कार्यक्रम हुन लागेको हो । पहिलो दिन मंसिर २४ गते अर्थात् १० डिसेम्बरका दिन मधेस प्रदेशको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने कार्यक्रम छ भने २५ गते नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यकारिणी परिषदको ५१ औं बैठक हुनेछ ।

केन्द्रीय कार्यकारिणी परिषदको बैठक तथा राष्ट्रिय गोष्ठीमा नेपाल बारमा आवद्ध बरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु बारका पूर्वपदाधिकारी तथा पूर्वसदस्यहरुको सहभागिता रहने बार एशोसिएसनका महासचिव एवं बरिष्ठ अधिवक्ता केदार कोइरालाले विज्ञप्तिमार्फत् जानकारी दिए ।

साथै, कार्यक्रममा बार इकाईका केन्द्रीय पार्षदहरु एवं मानवअधिकार तथा जनसरोकार समितिका संयोजक तथा सदस्यहरुको समेत सहभागिता रहने छ ।

कार्यक्रममा बरिष्ठ अधिवक्ताका लागि ४ हजार रुपैयाँ, १० वर्ष पूरा भएका कानून व्यवसायीका लागि ३ हजार र १९ वर्षभन्दा कम काम गरेका वकिलहरुका लागि १५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

 

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...