गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

जस नेपाल

२६ असार २०८३

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति आयोगले गाईको सट्टा एकसिङ्गे गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव गरेको छ । यो प्रस्तावलाई विभिन्न सांस्कृतिक, पर्यावरणीय र धार्मिक संवेदनशीलताका आधारमा बहस भइरहेको छ । अहिलेसम्म सरकारले कुनै औपचारिक निर्णय गरेको छैन तर प्रस्तावले राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक चर्चा पाएको छ ।

नेपालमा गाईलाई राष्ट्रिय जनावरको रूपमा आधिकारिक मान्यता २०७२ को संविधान जारी भएपछि दिइएको हो । यो निर्णय हिन्दू बहुल नेपाली समाजमा गाईको धार्मिक महत्व (माता र समृद्धिको प्रतीक) लाई सम्मान गर्दै गरिएको थियो । यसअघिका संविधानहरूमा पनि गाईलाई विशेष महत्व दिइएको थियो । संविधानसभा छलफलका क्रममा केही सांसदहरूले गैंडालाई विकल्पको रूपमा प्रस्ताव गरे पनि अन्ततः गाई नै कायम रह्यो । त्यसयता गाई नेपालको आधिकारिक राष्ट्रिय जनावर बनेको छ ।

आयोगका अनुसार मुख्य रूपमा सम्बन्धित प्रदेशको साँस्कृतिक तथा धार्मिक विशेषताअनुसार मिल्ने हुनु पर्ने भएकोले गाई सबै धार्मिक (मुस्लीम) र साँस्कृतिक समुदाय (किरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले आयोगले `संविधान संसोधन प्रस्ताव प्रतिवेदन’ अन्तर्गत सो प्रस्ताव सार्वजनिक गरेको हो  ।

कानुनी प्रक्रिया कस्तो छ ?

राष्ट्रिय जनावर परिवर्तन गर्न संवैधानिक संशोधन अनिवार्य छ । नेपालको संविधान २०७२ को धारा ९ को उपधारा (३ ) अनुसार राष्ट्रिय जनावर गाई रहने प्रावधान छ । 

संविधानको धारा २७४ अनुसार संशोधन गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको दुई तिहाई बहुमतले विधेयक पारित गर्नुपर्छ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेमा मात्र यो निर्णय  लागू हुन सक्छ । यो विषय संवेदनशील भएकाले व्यापक छलफल, संसदीय समिति र राजनीतिक सहमति आवश्यक पर्छ । साधारण कानून वा मन्त्रिपरिषद् निर्णयबाट मात्र राष्ट्रिय जनावर परिवर्तन गर्न सकिँदैन किनकि यो संवैधानिक प्रावधान हो ।

विश्वमा राष्ट्रिय जनावर परिवर्तनका केही उदाहरण छन् । भुटानले टाकिन  लाई सांस्कृतिक महत्वका आधारमा राष्ट्रिय जनावर बनाएको छ । भारतले सन् १९७२ मा बंगाल टाइगर लाई संरक्षण अभियानसँग जोडेर आधिकारिक बनायो । दक्षिण अफ्रिकाले अपार्थाइडपछि राष्ट्रिय प्रतीकहरूमा व्यापक परिवर्तन गरेको थियो । 

यी उदाहरणले देखाउँछन् कि धेरै देशहरूले समय-समयमा राष्ट्रिय चिन्हहरू अपडेट गर्छन् तर यस्तो परिवर्तन सामान्यतया व्यापक सहमति र कानुनी प्रक्रिया पूरा गरेर मात्र हुन्छ ।

 

सम्बन्धित खवर

ग्राहकको कपडा जलाउने ड्राइ क्लिनरलाई १४ हजार जरिवाना

ग्राहकको कपडा जलाउने ड्राइ क्लिनरलाई १४ हजार जरिवाना

काठमाडौँ । भारतको छत्तीसगढस्थित जिल्ला उपभोक्ता विवाद प्रतितोष आयोगले ग्राहकको शेरवानी (कपडा) इस्त्री गर्ने...

विवाहित छोरीलाई ‘मिलापत्र गर’ नभन्नू : इलाहाबाद उच्च अदालत

विवाहित छोरीलाई ‘मिलापत्र गर’ नभन्नू : इलाहाबाद उच्च अदालत

विवाहित छोरीले दहेज उत्पीडन वा घरेलु क्रूरताको गुनासो गर्दा परिवारले ‘मिलापत्र गर, समायोजन गर’...

मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा

मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा

काठमाडौँ । बालेन सरकार, कानूनमन्त्री सोविता गौतम अनि संसदीय समितिकी सभापति समीक्षा बास्कोटा यतिबेला...

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

काठमाडौँ । भारतको सर्वोच्च अदालतले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी मुद्दाको फैसला लेख्दा लैङ्गिक पूर्वाग्रह...