ल क्याम्पसमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार

१ पुष २०८२

ल क्याम्पसमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार

काठमाडौं । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा बी.ए.एलएल.बी पढ्ने एक छात्रामाथि आइतबार अज्ञात व्यक्तिले अभद्र व्यवहार गरेका छन् ।

बी.ए.एलएल.बी दोस्रो सेमेष्टरमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार भएको क्याम्पस प्रशासनले जनाएको छ ।

छात्रामाथि क्याम्पसभित्र अज्ञात समूहले अभद्र व्यहार गरेको भन्दै स्ववियु र तराई मधेस कानून समाजले प्रशासनको ध्यानाकर्षण गराउँदै विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन् ।

विद्यार्थी संगठनबाट ध्यानाकर्षण गराइएपछि क्याम्पस प्रशासनले सोमबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको हक हित तथा सुरक्षामा क्याम्पस प्रशासन प्रतिवद्ध रहेको जनाएको छ ।

घटनाको छानबिनका लागि नेपाल ल क्याम्पसका सह–प्राध्यापक सनद देवकोटाको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिएको क्याम्पस प्रमुख डा. श्याम बहादुर कार्कीले विज्ञप्तिमार्फत जनाएका छन् ।

वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

नेपाल ल क्याम्पस परिसरमा नयाँ भवन बनिरहेका कारण विद्यार्थीको आवागमन र पढाइमा कठिनाई उत्पन्न भएको छ । कलेज प्रशासनले मार्बल काट्ने काम परेको भन्दै सोमबार र मंगलबार बी.ए.एलएल.बीका विद्यार्थीलाई छुट्टी नै दिनुपरेको छ ।

क्याम्पस प्रशासनले  मंगलबार दक्षिणपूर्वी गेटबाट विद्यार्थीको आवागमनमा कठिनाइ भएको भन्दै उत्तरतर्फ अद्वैतमार्गतिरको ढोकाबाट प्रवेश गर्न भनेको छ ।

क्याम्पसप्रखुख कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस क्याम्पसको दक्षिणपूर्व प्रद्धर्शनीमार्गतर्फ मूलढोकाबाट क्याम्पस प्रवेश गर्न असहज भएको हुँदा यस क्याम्पसमा बी.ए.एलएल.बी., एलएल.बी. तथा एलएल.एम. तहमा अध्ययनरत विद्यार्थीहरु, शिक्षक तथा कर्मचारीहरुले मिति ०८२ पुस २ गतेदेखि अर्को सूचना जारी नभएसम्म क्याम्पसको उत्तरतिरको अद्वैतमार्गतर्फको सानो ढोका प्रयोग गरी क्याम्पस प्रवेश गरिदिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

सम्बन्धित खवर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र...

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार...

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको...

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान...