काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र दायर गरेको छ। पूर्व गृहमन्त्री विष्णुप्रसाद पौडेलसहित ६ जना व्यक्ति र १० कम्पनी गरी जम्मा १६ जना प्रतिवादी रहेको यो मुद्दामा प्रतिवादी दीपक भट्ट लगायतले गैरकानुनी सम्पत्ति लुकाउन र छल्न वातावरण बनाइदिएको आरोप छ ।
विशेष अदालतबाट जारी सूचनाअनुसार मुद्दा नम्बर ०८२-CR-०१७९ अन्तर्गत दायर गरिएको पुरक आरोपपत्रमा विष्णुप्रसाद पौडेलको हकमा बिगो रु. २० करोड ९० लाख कायम गरिएको छ । साथै निजको ऐभरेष्ट बैंक लिमिटेडको खातामा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ ८४ पैसा जफत गर्न माग दाबी गरिएको छ ।
अदालतका अनुसार, प्रतिवादी दीपक भट्ट लगायतले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम सम्पत्ति शुद्धीकरण गरेको कसुरमा मतियारको भूमिका खेलेको आरोप छ । यसअघि दर्ता भएको उक्त मुद्दामा थप अनुसन्धान गरी आज पुरक आरोपपत्र दायर गरिएको हो ।
हेर्नुहोस् आदेश –


