निर्वाचन कार्यक्रम शुरु भइसक्यो, दलको तयारी खै ?

३ पुष २०८२

निर्वाचन कार्यक्रम शुरु भइसक्यो, दलको तयारी खै ?

काठमाडौं । आगामी फाुगन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको चुनावका लागि निर्वाचन आयोगले तोकेको ‘कार्यक्रम’ शुरु भइसकेको छ। आयोगले राजनीतिक दलहरुलाई बन्दसूची पेश गर्नका लागि दिएको समय शुरु भएको छ ।

आयोगबाट प्रकाशित निर्वाचन कार्यक्रमअनुसार मंसिर २७ देखि पुस १२ सम्म दलहरुले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेश गर्नका लागि तयारी गर्ने समय हो।

तर, आयोगले तोकेको निर्वाचन कार्यक्रम लागु भइसक्दा पनि राजनीतिक दहलरुले भने समानुपातिक तर्फका उम्मेदवारहरु छान्ने गृहकार्य खासै गरेको पाइँदैन । यद्यपि, नेपाली कांग्रेसले देशैभरिबाट उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरिसकेको छ ।

समानुपातिकतर्फको कार्यक्रम

समानुपातिकतर्फ उम्मेदवार छनोटका लागि १५ दिनको तयारीपछि पुस १३ र १४ गते राजनीतिक दलहरुले निर्वाचन आयोगमा बन्दसूची पेश गर्नुपर्ने कार्यतालिका छ ।

पुस १५ देखि २० गतेसम्म आयोगले बन्दसूची सच्याउन लगाउने छ । उम्मदेवारहरुको क्लष्टर नमिलेको अवस्थामा आयोगले दलहरुलाई सच्याएर ल्याउन भन्ने छ ।

सूचीमा परेका व्यक्तिहरुका विषयमा आयोगले छानविन गर्दा उम्मेदवार बन्न अयोग्य देखेमा त्यस्तो नाम पनि दलहरुलाई सच्याउन लगाउने छ ।

समानुपातिकतर्फको बन्दसूची पेश गर्दा संविधान र कानूनले तोकेवमोजिम महिला, दलित, मधेसी, आदिवासी जनजाति, खस आर्य, मुस्लिम, थारु, अल्पसंख्यक एवं पिछडिएको क्षेत्रलगायतको क्लष्टर मिलाएर पेश गर्नुपर्ने हुन्छ ।

निर्वाचन कार्यक्रम अनुसार आगामी पुस २८ गते दलहरुले पेश गरेको बन्दसूचीबाट कुनै उम्मदेवारले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन पाउने छन् ।

पुस २९ गते दलहरुले कुनै उम्मेदवारको नाम फिर्ता लिएको जानकारी आयोगलाई गराउने छन् ।

सम्पूर्ण प्रक्रिया पूरा भएपछि माघ २० गते बन्दसूचीको अन्तिम सूची प्रकाशन गरिने छ र समानुपातिकतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सकिने छ।

हेर्नुहोस् समानुपातिकतर्फको निर्वाचन कार्यक्रम-

प्रतिनिधिसभाको चुनावमा १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने ११० जना दलहरुले पाएको मतका आधारमा समानुपातिकतर्फबाट निर्वाचित हुनेछन् । समानुपातिकतर्फबाट सांसद बन्न चाहने व्यक्तिहरुको नाम राजनीतिक दलहरुले चुनावअघि नै आयोगमा बुझाउनुपर्ने हुन्छ र त्यसैबाट रोलक्रमका आधारमा चुनावपछि उनीहरुमध्येबाट छनोट गरिन्छ ।

समानुपातिक सांसदको छनोट पूर्वनिर्धारित सूचीका आधारमा मात्रै गर्न पाइने भएकाले यस्तो सूचीलाई बन्दसूची भनिएको हो ।

माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन आगामी माघ ६ गते हुनेछ ।

उम्मेदवारविरुद्ध उजुरी दिने समय माघ ७ गते तोकिएको छ । आयोगले त्यसमा जाँचबुझ गरी माघ ८ गते नामावली प्रकाशन गर्नेछ ।

कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा माघ ९ गते दिउँसो १ बजेसम्म फिर्ता लिन पाउने छ । त्यसपछि आयोगले अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिन्ह प्रदान गर्नेछ । यसरी माघ ९ सम्म दलहरु पूर्णरुपमा चुनावमा होमिइसक्छन् ।

र, फाुगन २१ गते मतदान हुनेछ ।

हेर्नुहोस् प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम-

सम्बन्धित खवर

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जबसम्म हामी “कानुन के हो ?” भन्ने प्रश्नको सामना गर्छौं, तबसम्म विधिशास्त्रलाई बेवास्ता गर्न...

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कोटा कम भएका कारण कानून पढ्न चाहनेहरुले पढाइबाट बञ्चित रहँदै...

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

काठमाडौँ । नेपालले तिब्बतीदेखि भूटानीसम्मका हजारौँ शरणार्थीलाई दशकौँदेखि आश्रय दिँदै अन्तर्राष्ट्रिय स्तरमा मानवीय छवि...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...