बैंकमा जम्मा गर्नुपर्ने रकम सफ्टवेयरबाटै गायब,  सुर्खेत अस्पतालको रकम हिनामिना प्रकरणमा तीनजना दोषी ठहर

६ पुष २०८२

बैंकमा जम्मा गर्नुपर्ने रकम सफ्टवेयरबाटै गायब,  सुर्खेत अस्पतालको रकम हिनामिना प्रकरणमा तीनजना दोषी ठहर

काठमाडौँ –  सुर्खेतस्थित क्षेत्रीय अस्पतालमा २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार अस्पतालमा बैंक एक्सटेन्सन काउन्टर इन्चार्ज गोमा सिंजाली मगर, तत्कालीन लेखा अधिकृत शंकरप्रसाद सुवेदी र प्रतिवादी तृप्ति शाहीलाई दोषी ठहर गरेको हो।

अदालतका अनुसार अस्पतालमा प्रयोगमा रहेको डल्फिन सफ्टवेयरमार्फत सङ्कलन भएको कुल ३४ लाख ३ हजार ८५७ रुपैयाँमध्ये स्वास्थ्य बीमातर्फको १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसा र साधारण सेवातर्फको २४ लाख २ हजार ९० रुपैयाँ बैंक दाखिला नभएको पाइएको छ।

फैसला अनुसार बैंक एक्सटेन्सन काउन्टर इन्चार्ज मगरले अनधिकृत रूपमा तृप्ति शाहीलाई बैंक काउन्टरमा प्रवेश गराई सफ्टवेयरबाट जारी बिलका आधारमा उठाइएको रकम अस्पतालको खातामा जम्मा नगरेको पुष्टि भएको छ।

अस्पतालका विभिन्न काउन्टरबाट डल्फिन सफ्टवेयरमार्फत सङ्कलन भएको रकम बैंक दाखिला गरी अस्पतालको खाता दुरुस्त राख्नुपर्ने दायित्व पूरा नगरेको भन्दै तत्कालीन लेखा अधिकृत सुवेदीलाई दोषी ठहर गरिएको हो।

अस्पतालको आधिकारिक युजर नेम र पासवर्ड प्रयोग गरी सङ्कलन गरिएको रकम हिनामिना गरेको आरोपमा तृप्ति शाही दोषी ठहर भएकी हुन । दोषी ठहरिएकाको सजाय निर्धारणका लागि विशेष अदालतले पुस १८ गते पेसी तोकेको छ।

सम्बन्धित खवर

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...

वातावारणीय क्षतिपूर्तिमा अब स्पष्ट मापदण्ड : भारतको सर्वोच्च अदालत

वातावारणीय क्षतिपूर्तिमा अब स्पष्ट मापदण्ड : भारतको सर्वोच्च अदालत

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले फोहोरमैला व्यवस्थापन नियम, २०२६ ‘Solid Waste Management Rules, 2026’...

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

काठमाडौँ ।  सर्वोच्च अदालतमा शुक्रबार  ४२८ मुद्दामा पेसी तोकिए मध्य ८९ मुद्दामा फैसला भएको...

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना १५ बुँदे माग तत्काल सम्बोधन गर्न...