तासमा चिप र आँखामा लेन्स लगाएर क्यासिनो ठगी गर्ने गिरोह पक्राउ

९ पुष २०८२

तासमा चिप र आँखामा लेन्स लगाएर क्यासिनो ठगी गर्ने गिरोह पक्राउ

काठमाडाैं । प्रहरीले नेपालमा क्यासिनो इभेन्ट गरि तासमा चिप र आँखामा बिशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दैै काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोमा इभेन्ट नै आयोजना गरि तासमा चिप र आँखामा बिशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो । पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, बिक्रम सिंह , प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् भने क्यासिनो संचालक, विनोद भन्ने जनार्दन उप्रेती, गौरब खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भनिने व्यक्ति फरार रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका बिभिन्न समूह मिलेर क्यासिनो इभेन्ट आयोजना गरेका थिए । महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेको र चिप जडित ताज र बिशेष प्रकारको लेन्सको जोहो गरेको भट्टराईले बताए । ठगी गर्नैका लागि ५० प्याकेट म्याग्नेट जटित तास र ४ सय लेन्स भारतबाट खरिद गरेर ल्याइएको पाइएको उनले जानकारी दिए । आँखामा बिशेष प्रकारको लेन्स लगाएपछि तासको दुवैतर्फ देखिने र अन्य खेलाडीलाई ठगी गर्ने स्पष्ट नियत देखिएको उनको भनाइ छ ।

ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरि ईभेण्ट सञ्चालक सुरेश माहाजन र दिनेश बर्मा बिच सहमति भएको समेत अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका व्यक्तिका साथबाट प्रहरीले नेपाली र भारतीय रुपैया, चिज जडित तास, लेन्स, हवाइ टिकट लगाएत बरामद गरेको छ । वाल्डो क्यासिनोले समेत कानून उलंघन गरेको देखिएकाले पर्यटन बिभागसंग समन्वय गरेर आवश्यक कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

भिडियाे पनि हेर्नुहाेस्:

सम्बन्धित खवर

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

नयाँ दिल्ली । गुजरात उच्च अदालतले वकिलको नक्कल गरेको आरोपमा एकजना कानूनकी विद्यार्थीको अग्रिम...

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँ उपत्यकामा कोठा खोजिदिने नाममा रकम असुल्ने गिरोहको गतिविधि बढ्दो क्रममा रहेको पाइएको छ।...

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरा । यसैसाता पोखरामा एकल महिलाको बीच बजारमै भएको विभत्स हत्यापछि प्रहरी अनुसन्धानले पारिवारिक...

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९०...