काठमाडौँ । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन् गरिएको आरोप लगाउँदै सोमबार ३ जना युवाले उजुरी दर्ता गराएका हुन् ।
गत जेठ १९ गते सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा रहेका अजय सोडारी, प्रकाश बम र सुजन पौडेललाई पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्रै पुगेर ज्यान मार्ने धम्की दिएको निवेदकको आरोप छ ।
उनीहरूले उक्त दिनको प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिई सुरक्षित गर्न समेत माग राखेका छन् ।
उनीहरू सुस्तामा भारतीय फौज छिरेको विरोध गर्दा पक्राउ परेका थिए ।
हेर्नुहोस् निवेदक मध्येका एक अजय सोडारीले उजुरी बारे बोलेको भिडियो :

