९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

१३ पुष २०८२

९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

काठमाडौं । देशभर ९ लाख नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा फागन २० गतेसम्म १८ वर्ष पुगेको व्यक्तिले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै आगामी फागुन २० गतेलाई ‘कट अफ डेट’ मान्ने निर्णय गरेको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गरी ०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।’

कुल मतदाता १ करोड ८९ लाख

आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार आगामी चुनावमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता रहेका छन्।

देशभरिका कुल मतदाताहरुमा विगतको जस्तै महिलाभन्दा पुरुषको संख्या बढी छ । पुरुषतर्फ ९६ लाख ६३ हजार ३५८ मतदाता छन् भने महिलातर्फ ९२ लाख ४० हजार १३१ मतदाता छन् । अन्य लिंगका मतदाताहरु २ सय जना छन् ।

नयाँ मतदाता ९ लाख थपिए

विगतको तुलनामा अहिले ९ लाख १५ हजार ११९ जना मतदाता थपिएका छन् ।

थपिएका नयाँ मतदातामा पुरुष ५ लाख २२ हजार ५५२ जना, महिला ३ तीन लाख ९२ हजार ५५२ जना र अन्य लिङ्गका मतदाताको संख्या १५ जना थप भएको छ ।

गत ०७९ मा सम्पन्न निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो । त्यसमध्ये पुरुष मतदाता ९१ लाख ४० हजार ८०६ जना थिए भने महिला ८८ लाख ४७ हजार ५७९ जना र अन्य लिंगका १८५ जना थिए ।

कति थपिए मतदान केन्द्र ?

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ वटा मतदान केन्द्र तोकिएका छन् । यो संख्या विगतको मतदानस्थल संख्या भन्दा ७५ वटा बढी हो । त्यस्तै, मतदान केन्द्रको संख्या भन्दा ८८५ ले वृद्धि भएको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली निर्वाचन आयोगको वेवसाइटमा हेर्न सकिने आयोगले जनाएको छ

 

सम्बन्धित खवर

अभिव्यक्ति स्वतन्त्रताको ‘ग्रे एरिया’ : संविधान, अन्तर्राष्ट्रिय कानून र व्यवहारबीचको द्वन्द्व

अभिव्यक्ति स्वतन्त्रताको ‘ग्रे एरिया’ : संविधान, अन्तर्राष्ट्रिय कानून र व्यवहारबीचको द्वन्द्व

काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारस्तम्भ हो । विचार व्यक्त गर्ने, प्रश्न उठाउने...

एपस्टीन फाइल : अदालतको शक्तिसामु हार्दैछन्‌ बलशाली

एपस्टीन फाइल : अदालतको शक्तिसामु हार्दैछन्‌ बलशाली

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ नोभेम्बरमा ‘एपस्टीन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर...

वाइडबडी विमान खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

वाइडबडी विमान खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौँ । वाइडबडी विमान खरिद प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्च अदालतको ‘हेर्न नमिल्ने’...

वाइडबडी विमान खरिद भ्रष्टाचार प्रकरण : सर्वाेच्चमा सुनुवाइ हुँदै

वाइडबडी विमान खरिद भ्रष्टाचार प्रकरण : सर्वाेच्चमा सुनुवाइ हुँदै

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि...