चुनाव लाग्यो ! आजदेखि समानुपातिकको बन्दसूची पेस हुँदै

१३ पुष २०८२

चुनाव लाग्यो ! आजदेखि समानुपातिकको बन्दसूची पेस हुँदै

काठमाडौं । फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका आइतबारदेखि औपचारिकरुपमा कार्यान्वयनमा आएको छ ।

आयोगले तोकेको कार्यतालिका अनुसार आइतबार र सोमबार (पुस १३ र १४ गते) राजनीतिक दलहरुले समानुपातिकतर्फ बन्दसूची पेस गर्नुपर्ने छ ।

अधिकांश दलहरुले आन्तरिक विवादका कारण समानुपातिक उम्मेदवार सय गर्न सकेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले त केही समय पथ गरिदिनसमेत माग गरेका थिए, तर, निर्वाचन आयोगले तोकिएकै समयमा सूची बुझाउन भनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभरिबाट आन्तरिक रुपमा अनलाइन भोटिङ गरेर उम्मेदवारहरु छनोट गर्ने भनेको छ । तर, उसले आइतबार साँझसम्म भोटिङको समय तोकेको छ । एमाले लगायतका दलहरुले बन्दसूचीबारे कुनै प्रतिक्रिया दिइसकेका छैनन् । तर, सबै दलले चुनावमा भाग लिने प्रतिवद्धता जनाइसकेका छन् ।

निर्वाचन आयोगद्वारा  तय गरिएको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम कात्तिक ३० गते नै राजपत्रमा गतेको नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

उक्त निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते दुई दिन अपरान्ह ४ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने हुन्छ ।

तोकिएबमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर, रीत पुर्‍याएर मात्रै उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेस गर्न आयोगले भनेको छ ।

राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुअघि सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्ने आयोगले बताएको छ ।

संविधानअनुसार कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सीटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने दलले पाएको देशभरिको मत अनुसार समानुपातिकतर्फ ११० जना चुनिन्छन् ।

सम्बन्धित खवर

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।...

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका एमाले नेता विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न...

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...