धर्ममा खलल पुर्‍याउनेलाई कारवाही गर्ने सुरक्षा समिति बैठकको निर्णय

२० पुष २०८२

धर्ममा खलल पुर्‍याउनेलाई कारवाही गर्ने सुरक्षा समिति बैठकको निर्णय

काठमाडाैं । केन्द्रीय सुरक्षा समितिको बैठकले अर्काको धर्ममा खलल पुराउनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयमा आइतबार बसेको बैठकले मधेश प्रदेशमा देखिएको धार्मिक घटनाक्रमको समीक्षा गर्दै अर्काको धर्ममा खलल पुराउनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने र धार्मिक सद्भाव र सहिष्णुता बढाउनका लागि प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

सहसचिव आनन्द काफ्ले

मधेका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनको लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए ।

त्यसैगरि निर्वाचनका सन्दर्भमा भइरहेको तयारीका बारेमा पनि सुरक्षा निकायसंग जानकारी लिइएको प्रवक्त काफ्लेले जानकारी दिए । उनले फरार कैदीबन्दी खोजि अभियानलाई वडा तहमा पुगेर पनि थप प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्छ भन्ने विषयमा छलफल भएको बताए ।

उनले सोमबार राष्ट्रिय मानवअधिकार आयोग लगाएतका संवैधानिक आयोगहरुसंग सुरक्षा निकायसहित छलफल गर्ने तय भएको उल्लेख गरे ।

सम्बन्धित खवर

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

काठमाडौँ ।  विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड...

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

काठमाडौँ । विभिन्न जिल्लाबाट पैदल काठमाडौँ आएर माइतीघर मण्डला र पुलचोकमा धर्ना गरिरहेका लघुवित्त...

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्थाका पत्रकार कशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।...

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो...