सिँचाइमा सौर्य ऊर्जा प्रयोग बारे नयाँ मापदण्ड र कार्यविधि तयार : उर्जा मन्त्री घिसिङ

२२ पुष २०८२

सिँचाइमा सौर्य ऊर्जा प्रयोग बारे नयाँ मापदण्ड र कार्यविधि तयार : उर्जा मन्त्री घिसिङ

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरिएको जानकारी दिएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल सौर्य विधुत उत्पादक संघको २५ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिंचाइका नहरहरुमा पनि सौर्य ऊर्जा राख्न सकिने गरि नयाँ मापदण्ड र कार्यविधि तयार गरेको र स्वीकृतिको चरणमा रहेको बताएका हुन् । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि निजी क्षेत्रलाई सहभागी गराएर सिंचाइका नहरहरुमा सौर्य विद्युत उत्पादन गर्ने गरेर प्रक्रिया अगाडी बढाउने उनको भनाइ छ ।

त्यस्तै मन्त्री घिसिङले भारतसँग भएको विधुत खरिद सम्झौताका बारेमा भएका टिकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन् । विधुत ट्रेडिङलाई नबुझ्ने तर आफुहरुलाई विज्ञ सम्झने केहि नेता र पत्रकारहरुले विधुत सस्तोमा बेच्यो, महंगोमा किन्यो भन्दै आरोप लगाउने गरेको उनले बताए ।

विधुत खरिदका बिषयमा गलत तवरले चर्चा चल्ने गरेको उल्लेख गर्दै घिसिङले यसले नेपालको विद्युत व्यापारलाई सपोर्ट नगर्ने बताए ।

सम्बन्धित खवर

अभिव्यक्ति स्वतन्त्रताको ‘ग्रे एरिया’ : संविधान, अन्तर्राष्ट्रिय कानून र व्यवहारबीचको द्वन्द्व

अभिव्यक्ति स्वतन्त्रताको ‘ग्रे एरिया’ : संविधान, अन्तर्राष्ट्रिय कानून र व्यवहारबीचको द्वन्द्व

काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारस्तम्भ हो । विचार व्यक्त गर्ने, प्रश्न उठाउने...

एपस्टीन फाइल : अदालतको शक्तिसामु हार्दैछन्‌ बलशाली

एपस्टीन फाइल : अदालतको शक्तिसामु हार्दैछन्‌ बलशाली

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ नोभेम्बरमा ‘एपस्टीन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर...

वाइडबडी विमान खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

वाइडबडी विमान खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौँ । वाइडबडी विमान खरिद प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्च अदालतको ‘हेर्न नमिल्ने’...

वाइडबडी विमान खरिद भ्रष्टाचार प्रकरण : सर्वाेच्चमा सुनुवाइ हुँदै

वाइडबडी विमान खरिद भ्रष्टाचार प्रकरण : सर्वाेच्चमा सुनुवाइ हुँदै

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि...