युवामन्त्री गुप्ताविरुद्ध अख्तियारमा उजुरी, मानवतस्करी गर्न खोजेको आरोप

२४ पुष २०८२

युवामन्त्री गुप्ताविरुद्ध अख्तियारमा उजुरी, मानवतस्करी गर्न खोजेको आरोप

काठमाडौँ । वर्तमान जेन-जी सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध अमेरिका भ्रमणको निहुँमा मानवतस्करी गर्न खोजेको उजुरीपत्रमा उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले गुप्तासँग राजीनामा माग गरिसकेकी छिन्‌ । गुप्ताले आफू अमेरिका गएर फर्केपछि राजीनामा बुझाउने बताएका खबर सार्वजनिक भइरहेका छन्‌ ।

अमेरिका भ्रमणको बहानामा मन्त्री गुप्ताले मानवतस्करीमार्फत्‌ नेपालीलाई अमेरिका पुर्‍याउने खोजेको आरोपसहित अधिवक्ता युवराज पौडेलले आयोगमा उजुरी दर्ता गरेका हुन्‌ । साथै; अमेरिकी सरकारको अभिलेखमा नभएको कार्यक्रममा जान मन्त्री गुप्ताले नक्कली आयोजक र नक्कली निमन्त्रणापत्रको सहारा लिएको दाबी गरिएको छ ।

‘आफू मात्र नभइ सामूहिक रुपमा कार्यक्रमको नाममा अमेरिका जान खोज्नु संगठित रुपमा मानव तस्करी गर्नु हो । अतः उल्लेखित सम्पूर्ण कागजात झिकाई निज बब्लु गुप्तामाथि मानव तस्करी मुद्दामा समेत अनुसन्धान र दोषी देखिए हदैसम्म कारबाही गर्न माग गर्दछु’, उजुरीपत्रमा लेखिएको छ ।

मन्त्री गुप्ता माघ ३ गते ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेण्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछन्‌ । उनको भ्रमण प्रस्तावलाई पुस २२ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले स्वीकृत गरेको थियो ।

मन्त्री गुप्ताविरुद्ध अख्तियारमा दर्ता गरिएको उजुरी :

याे पनि –

न्यायालयमाथि भइरहेको साइबर हमलाप्रति सर्वोच्चको ‘एक्सन’ सुरु

सम्बन्धित खवर

न्याय र कानूनको क्षेत्रमा अनुसन्धानको महत्व

न्याय र कानूनको क्षेत्रमा अनुसन्धानको महत्व

ज्ञान, तथ्य र प्रमाणको व्यवस्थित खोज, विश्लेषण तथा व्याख्या गर्ने वैज्ञानिक विधि र व्यवस्थित...

सिराहा मोबाइल नष्ट प्रकरण : गैरकानुनी कार्यको जिम्मेवारी कसले लिने ?

सिराहा मोबाइल नष्ट प्रकरण : गैरकानुनी कार्यको जिम्मेवारी कसले लिने ?

काठमाडौँ  । सिराहामा एसईई तथा एसएलसी (+2) परीक्षाका क्रममा जफत गरिएका सयौं मोबाइल फोन...

मन्त्रिपरिषद्‌को निर्णय : संविधान संशोधन कार्यदलको म्याद थपदेखि ३० वर्ष पुरानो रावल आयोगको प्रतिवेदन कार्यान्वयनसम्म

मन्त्रिपरिषद्‌को निर्णय : संविधान संशोधन कार्यदलको म्याद थपदेखि ३० वर्ष पुरानो रावल आयोगको प्रतिवेदन कार्यान्वयनसम्म

काठमाडौँ । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप्नेदेखि ३० वर्ष पुरानो...

२६ अर्बभन्दा बढी बिगो दाबी गर्दै दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

२६ अर्बभन्दा बढी बिगो दाबी गर्दै दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

काठमाडौँ  । बीमा, धितोपत्र तथा वित्तीय कारोबारसँग जोडिएको प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक...