कल्याणपुरका निलम्बित मेयर साहलाई भ्रष्टाचार मुद्दामा आधा वर्ष कैद र एक लाख जरिवाना

२८ पुष २०८२

कल्याणपुरका निलम्बित मेयर साहलाई भ्रष्टाचार मुद्दामा आधा वर्ष कैद र एक लाख जरिवाना

काठमाडौँ । सिराहाको कल्याणपुर नगरपालिकाका निलम्बित मेयर रामपुकार साह तेलीलाई भ्रष्टाचार मुद्दामा आधा वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय भएको छ ।

विशेष अदालतले तेलीलाई घुस लिएको अभियोगमा ६ महिना कैद, एक लाख रुपैयाँ जरिवाना गर्न र अपराध पीडित संरक्षण कोषयमा चार हजार रुपैयाँ शुल्क बुझाउन आदेश दिएको हो ।

तेलीले आर्थिक वर्ष २०८१/८२ का लागि नगरपालिकामा नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने भन्दै उपभोक्ता समितिसँग एक रुपैयाँ घुस लिएका थिए । उक्त घुस रकम लेनदेनबारे प्राप्त सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तेलीलाई उक्त घुस रकमसहित पक्राउ गरेको थियो ।

उक्त मुद्दामा प्रतिवादी बनाइएकी, तर अदालतमा बयान फेरेकी उपभोक्ता समितिकी अध्यक्ष जशोधा कुमारीलाई भने अदालतले जानाजान भ्रष्टाचार गरेको पुष्टि हुने प्रमाण नभेटिएको जनाउँदै सफाइ दिएको छ ।

स्थानीय तह निर्वाचन, २०७९ मा नेकपा (एमाले) का तर्फबाट मेयर उम्मेदवार तेली पाँच हजार ८८३ मतसहित विजयी भएका थिए ।

सम्बन्धित खवर

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा समेत जोडिएको भेपमार्फत सुन तस्करी प्रकरणमा विशेष अदालतले त्रिभुवन...

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

काठमाडौँ । विशेष अदालतले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको ठहर गर्दै हरिपूर्वा नगरपालिकाका...

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।...

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेञ्चको सहकार्य...