नयाँ कानून व्यवसायीलाई देवानी मस्यौदा लेखन तालिम

११ माघ २०८२

नयाँ कानून व्यवसायीलाई देवानी मस्यौदा लेखन तालिम

झापा । कानूनी ज्ञान केन्द्र झापाको आयोजनामा शनिवार भद्रपुरमा नवोदित कानून व्यवसायीका लागि एक दिवसीय देवानी मस्यौदा लेखन तालिम सम्पन्न भएको छ ।

देवानी कानूनका सिद्धान्त र प्रयोग विषयमा झापा जिल्ला अदालतका जिल्ला न्यायाधीश पारसमणि पोखरेलले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

२१ जना कानून व्यवसायीको सहभागिता रहेको तालिममा देवानी मस्यौदा लेखन विषयमा लेक्स नेपालका प्रशिक्षक अधिवक्ता वसन्त जोशीले प्रशिक्षण दिएका थिए ।

तालिमको शुभारम्भमा जिल्ला सरकारी वकीलको कार्यालय झापाका जिल्ला न्यायधिवक्ता दीपेश शाह तथा झापा जिल्ला अदालतका सूचना अधिकृत रामचन्द्र बस्नेतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको समापान समारोहमा झापा बार सहसचिव अधिवक्ता सानु कार्की बस्नेत र कार्य समिति सदस्य अधिवक्ता तारा बारकोटीले तालिम उपलब्धिमूलक भएको बताउनु भयो ।

कानूनी ज्ञान केन्द्र झापाका नवोदित कानून व्यवसायीको सक्रियतामा कानून तथा न्यायका क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापना भएको संस्थाका अध्यक्ष तारामणि सापकोटाले बताए ।

केन्द्रको अध्यक्षमा अधिवक्ता तारामणि सापकोटा रहेका छन् भने उपाध्यक्षमा अधिवक्ता तिलक अर्याल र सचिवमा अधिवक्ता नरेश खाती रहेका छन् । त्यसैगरी सहसचिव अधिवक्ता अनु राउत, कोषाध्यक्ष अधिवक्ता सुरज मैनाली र सदस्यहरुमा अधिवक्ता रुद्रमणि भट्टराई र अधिवक्ता हेमनारायण राजवंशी रहेका छन् ।

 

सम्बन्धित खवर

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

काठमाडौँ ।  विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड...

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

काठमाडौँ । विभिन्न जिल्लाबाट पैदल काठमाडौँ आएर माइतीघर मण्डला र पुलचोकमा धर्ना गरिरहेका लघुवित्त...

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्थाका पत्रकार कशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।...

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो...