पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहित ९२ जना विरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

१८ माघ २०८२

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहित ९२ जना विरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा कारोबारसँग जोडिएको भ्रष्टाचार प्रकरणमा नेकपा (नेपाली कम्युनिष्ट पार्टी) का सहसंयोजक माधवकुमार नेपालसहित ९२ जना विरुद्ध दायर मुद्दा विशेष अदालतमा आइतबार सुनुवाइका लागि पेसी ताेकिएकाे छ ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो । यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राख्ने निर्णय गरेको फाइल अदालतमा पेस गर्न आदेश दिएको थियो । सो फाइल प्राप्त भएपछि अदालतले सुनुवाइका लागि पेसी तोकेको हो ।

अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुलउपरसहित कैद तथा जरिवानाको मागदाबी गरिएको छ ।

अभियोगअनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले मन्त्रिपरिषद् र ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा खरिद–बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिई सार्वजनिक सम्पत्तिको दुरुपयोग गराएको आरोप छ । सो निर्णयका कारण ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा कारोबार भएको अख्तियारको दाबी छ ।

सम्बन्धित खवर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र...

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार...

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको...

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान...