रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट शर्मा र ढकालको संयुक्त इजलासमा

जस नेपाल

१९ माघ २०८२

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट शर्मा र ढकालको संयुक्त इजलासमा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीसम्बन्धी रिट सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेश हुँदैछ ।

आइतबार हेर्न नभ्याइने सूचीमा परेको उक्त मुद्दामा आज सोमबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

कैलाली क्षेत्र नम्बर–१ बाट आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन आयोगसँग लिखित जवाफ मागिसकेको छ ।

टीकापुर घटनामा तीन तहका अदालतबाट दोषी ठहर भई सजाय कायम रहेकै आधारमा निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।

सम्बन्धित खवर

हामीले संविधान नै लेखेर बुझायौँ

हामीले संविधान नै लेखेर बुझायौँ

काठमाडौँ । पाठकवृन्द ! मार्टिन चौतारीको कार्यालयभन्दा अलिकति पूर्वतिर बबरमहलमा एउटा गैरसरकारी संस्थाको कार्यालय...

उपाधि नै नलिइ डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

उपाधि नै नलिइ डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य...

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) ले कानून आयकर कानूनबारे तालिम...

पूर्वन्यायाधीश प्रधानको निधनप्रति सर्वोच्चद्वारा शोक व्यक्त

पूर्वन्यायाधीश प्रधानको निधनप्रति सर्वोच्चद्वारा शोक व्यक्त

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधनप्रति सर्वोच्च अदालतले शोक प्रकट गरेको...