वाइडबडी विमान खरिद भ्रष्टाचार प्रकरण : सर्वाेच्चमा सुनुवाइ हुँदै

जस नेपाल

२७ माघ २०८२

वाइडबडी विमान खरिद भ्रष्टाचार प्रकरण : सर्वाेच्चमा सुनुवाइ हुँदै

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।

नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो । विशेष अदालतले ३२ प्रतिवादीमध्ये १० जनालाई मात्रै दोषी ठहर गरेको र बाँकीलाई सफाइ दिएको निर्णयप्रति असन्तुष्टि जनाउँदै आयोग सर्वोच्च पुगेको हो ।

विशेष अदालतले निगमका तत्कालीन अध्यक्ष तथा पर्यटन सचिव शंकर अधिकारी, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र बोर्ड सदस्यहरू बुद्धिसागर लामिछाने तथा शिशिर ढुंगानालाई कसुरदार ठहर गरेको थियो । तर तत्कालीन पर्यटन मन्त्री जीवन बहादुर शाहीसहित केही प्रतिवादीलाई सफाइ दिइएको थियो ।

अख्तियारले विशेष अदालतको फैसलामा मागदाबी अनुसारको बिगो कायम नभएको तथा सबै प्रतिवादीलाई सजाय नतोकिनु त्रुटिपूर्ण रहेको दाबी गरेको छ । आयोगका अनुसार वाइडबडी विमान खरिद प्रकरणमा १ अर्ब ४७ करोड १० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको छ ।

अख्तियारले आपूर्तिकर्तालाई अनुचित लाभ दिँदै करिब ६७ लाख अमेरिकी डलरभन्दा बढी रकम बढी भुक्तानी गरिएको तथा सम्झौताअनुसार क्षमतामा कमी भए पनि मूल्य समायोजन नगर्दा थप ७२ करोड रुपैयाँभन्दा बढी हानी नोक्सानी भएको जिकिर गरेको छ ।

सम्बन्धित खवर

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

वास्तवमा मेरो अध्ययन र ल प्राक्टिसको लामै अवधि भन्नुपर्छ। पुरानो अध्ययन हो मेरो ।...

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...