संसदीय उपसमितिको निष्कर्ष – बाल सुधार गृहलाई नै सुधारको खाँचो

जस नेपाल

२५ असार २०८३

संसदीय उपसमितिको निष्कर्ष – बाल सुधार गृहलाई नै सुधारको खाँचो

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले आफ्नो प्रतिवेदन पेस गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा उपसमितिकी संयोजक नीनु कुमारी कर्णले प्रतिवेदन प्रस्तुत गर्दै निरीक्षण गरिएका अधिकांश बाल सुधार गृहमा स्वीकृत क्षमताभन्दा बढी सङ्ख्यामा बालबालिका राखिएको पाइएको जानकारी दिइन् ।

प्रतिवेदनअनुसार बालमैत्री भौतिक पूर्वाधारको अभाव, औपचारिक शिक्षाको सुनिश्चितता हुन नसक्नु तथा स्वास्थ्य र मानसिक स्वास्थ्य सेवा अत्यन्त सीमित हुनु प्रमुख समस्याका रूपमा देखिएका छन् ।

उपसमितिले सुधार गृहबाट बाहिरिने बालबालिकाको पुनःस्थापना तथा सामाजिक पुनःएकीकरणका लागि प्रभावकारी प्रणाली विकास हुन नसकेको पनि औंल्याएको छ । मुद्दा किनारा लगाउन हुने ढिलाइ र कानुनी सहायतामा सीमित पहुँच बाल सुधार गृह व्यवस्थापनका मुख्य चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीहरूको मानवअधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन गरिरहेको उपसमितिको कार्यावधि १५ दिन थप गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो...

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगले गर्यो प्रतिवेदन प्रस्तुत

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगले गर्यो प्रतिवेदन प्रस्तुत

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । नेपालको संविधानको...

सम्मानित अदालतमाथि विश्वास राख्नुपर्छ : गगन थापा

सम्मानित अदालतमाथि विश्वास राख्नुपर्छ : गगन थापा

केही दिन अगाडि सम्मानित अदालतले एउटा निर्णय गरेको छ, जो नेपाली कांग्रेस पार्टीसँग सम्बिन्धत...

प्रतिनिधिसभाको नयाँ क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै गायब

प्रतिनिधिसभाको नयाँ क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै गायब

काठमाडौं । प्रतिनिधिसभा नियमावली, २०८३ ले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन प्रधानमन्त्रीसँग...