विचित्रको लोकतन्त्र : गजबको निर्वाचन सार्वजनिक

जस नेपाल

८ चैत २०८२

विचित्रको लोकतन्त्र : गजबको निर्वाचन सार्वजनिक

पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित पुस्तक ‘विचित्रको लोकतन्त्र : गजबको निर्वाचन’ सार्वजनिक भएको छ ।

परिपक्व लोकतन्त्रको भित्री संरचना, प्रविधि, पैसा र जनमतबीचको अन्तरसम्बन्धलाई आत्मअनुभूति र विश्लेषणात्मक दृष्टिबाट प्रस्तुत गरिएको यस कृतिले लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमाभन्दा बाहिर निकाल्दै व्यापक सन्दर्भमा बुझ्ने प्रयास गर्दछ । सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको प्रत्यक्ष अवलोकनका आधारमा लेखिएको यस पुस्तकमा इतिहास, विचार, संस्थागत संरचना, राजनीतिक संस्कार र नागरिक चेतनाको समग्र परिप्रेक्ष्य समेटिएको छ।

यो पुस्तक अवलोकन प्रतिवेदन मात्र होइन; अमेरिकी निर्वाचन प्रणाली, इलेक्टोरल कलेज, दुई दलीय वर्चस्व, चुनावी खर्च, प्रविधिको प्रयोग, मतदाताको मनोविज्ञान, स्विङ्ग स्टेट्सको राजनीति तथा डिजिटल युगका चुनौतीहरूबारे गहन विमर्श हो । साथै, भारत, थाइल्याण्ड, भुटान, युरोप, अष्ट्रेलिया तथा अफ्रिकी मुलुकहरूको अभ्याससँग तुलना गर्दै लोकतन्त्रका शक्ति र विरोधाभास दुवैलाई उजागर गरिएको छ ।

लोकतन्त्रप्रति विश्वास, प्रश्न र पुनर्चिन्तनको संगम बनेको यस कृतिले नेपालजस्ता विकासशील लोकतन्त्रका लागि संस्थागत सुदृढीकरण र निर्वाचन सुधारतर्फ नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई जीवित चेतनाका रूपमा बुझ्न चाहने तथा निर्वाचनलाई आवधिक प्रक्रियाभन्दा फराकिलो आयाममा हेर्न चाहने प्रत्येक पाठकका लागि यो पुस्तक एक महत्वपूर्ण विचार–यात्रा हो ।

यस पुस्तकका लेखक थपलियाले आफ्नो कार्यकालमा संघीय संरचनाअनुसारका प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गराउँदै सार्वजनिक प्रशासनमा उच्चस्तरीय व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका छन् । प्रशासनिक प्रणालीका सूक्ष्म विश्लेषक, लोकतन्त्रका अनुभवी अभ्यासकर्ता तथा समाज परिवर्तनका चिन्तकका रूपमा परिचित थपलिया नेपाली भाषा–साहित्यका सशक्त सर्जक पनि हुन् । विचित्रको लोकतन्त्र: गजबको निर्वाचन कृति उनको छैटौं प्रकाशन हो ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ ।

सम्बन्धित खवर

सर्वोच्चले सार्वजनिक गर्‍यो प्रधान न्यायालयका पुराना फैसलाको ऐतिहासिक अभिलेख

सर्वोच्चले सार्वजनिक गर्‍यो प्रधान न्यायालयका पुराना फैसलाको ऐतिहासिक अभिलेख

काठमाडौँ । सर्वोच्च अदालतले प्रधान न्यायालय स्थापनाकालका ऐतिहासिक फैसलाहरूलाई समेटेर ‘नेपाल कानून पत्रिका (पुरानो...

विश्लेषणात्मक विधिशास्त्रको गहिराइ बुझ्न अत्यावश्यक सात पुस्तकहरु

विश्लेषणात्मक विधिशास्त्रको गहिराइ बुझ्न अत्यावश्यक सात पुस्तकहरु

विश्लेषणात्मक विधिशास्त्र ‘Analytical School of Jurisprudence’ प्राकृतिक कानूनको प्रत्यक्ष प्रतिक्रियाका रूपमा विकसित भएको थियो...

प्राकृतिक कानून बुझ्न पढ्नैपर्ने नाै पुस्तकहरू

प्राकृतिक कानून बुझ्न पढ्नैपर्ने नाै पुस्तकहरू

प्राकृतिक कानून ‘Natural School of Law’ विधिशास्त्रको सबैभन्दा पुरानो र प्रभावशाली धारामध्ये एक हो...

कानूनका विद्यार्थी र मन्त्रीले पढ्नुपर्ने कटक मल्लको किताब : न्याय–अन्याय

कानूनका विद्यार्थी र मन्त्रीले पढ्नुपर्ने कटक मल्लको किताब : न्याय–अन्याय

नेपाललाई विश्वमा सानो, गरीब र पिछडिएको देश भनिता पनि केही वौद्धिक व्यक्तिहरुको अन्तरराष्ट्रिय उचाइले...