सरकारी विज्ञापनमा सरकारकै एकलौटी, साना अनलाइनसमेत प्रभावित हुने

जस नेपाल

१९ चैत २०८२

सरकारी विज्ञापनमा सरकारकै एकलौटी, साना अनलाइनसमेत प्रभावित हुने

काठमाडौँ । सरकारले सरकारी विज्ञापन अबदेखि सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रसारण गर्न सम्बन्धित निकायमा पत्राचार गरेपछि नेपालको मिडिया क्षेत्र तरङ्गित भएको छ ।

वार्षिक झण्डै १५ अर्ब रुपैयाँ हाराहारीको विज्ञापन गर्ने राज्यका विभिन्न निकायहरूको विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरुपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्द्धन गर्ने भन्दै सरकारले त्यस्ता विज्ञापन र सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रसारण गर्न पत्राचार गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले हिजो (बुधबार) जारी गरेको पत्राचारमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह एवम्‌ सो अन्तर्गतका निकायहरूलाई विज्ञापन तथा सूचना प्रकाशन/प्रसारण गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रसारण गर्ने संस्थाको कोषमा मात्रै जम्मा हुनेगरी गर्न भनेको छ । साथै; त्यसरी भुक्तानी गर्दा भुक्तानीको दर र छुट रकमको विषय सम्बन्धित सञ्चार माध्यमले आधिकारिक रूपमा स्वीकृत गरेको हुनुपर्ने उल्लेख छ ।

सरकारको यो निर्णय कार्यान्वयन भए अब राज्यका विज्ञापन र सूचना निजी क्षेत्रबाट खोलिएका सञ्चारमाध्यमले पाउने छैनन्‌ । सरकारी विज्ञापन तथा सूचना प्रकाशन/प्रसारण अवसर नपाए निजी मिडियाको आयस्रोत उल्लेख्य खुम्चिनेछ । यसको सबैभन्दा ठूलो मार स्थानीय स्तरमा खुलेका साना अनलाइन र छापाहरूमा पर्नेछ ।

विज्ञापनमा सरकारी एकलौटी हुने भएपछि सरोकारवालाहरूले विरोध जनाउन थालेका छन्‌ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले विज्ञापनबारे पछिल्लो निर्णय गरेको सरकारले मिडियामा आर्थिक नाकाबन्दी लगाउन खोजेको र यो कदमले संविधान उल्लङ्घन भएको तर्क गरेकी छिन्‌ । नेपाल विज्ञापन संघले पनि सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

सम्बन्धित खवर

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जबसम्म हामी “कानुन के हो ?” भन्ने प्रश्नको सामना गर्छौं, तबसम्म विधिशास्त्रलाई बेवास्ता गर्न...

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

काठमाडौँ । कम्पनी स्थापना, सञ्चालन र खारेजी सम्बन्धी सेवाहरूलाई थप सहज बनाउने उद्देश्यले अब...

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...