अब हप्तामा दुई दिन बिदा : शनिबार र आइतबार सार्वजनिक तथा शैक्षिक संस्था बन्द

जस नेपाल

२२ चैत २०८२

अब हप्तामा दुई दिन बिदा : शनिबार र आइतबार सार्वजनिक तथा शैक्षिक संस्था बन्द

काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ । अबदेखि देशभरका सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू शनिबार र आइतबार बन्द रहने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, चैत २३ गतेदेखि लागू हुने गरी यो व्यवस्था कार्यान्वयनमा आएको हो ।

सरकारले इन्धन खपत घटाउने र प्रशासनिक खर्चमा नियन्त्रण गर्ने उद्देश्यले हप्तामा दुई दिन बिदाको नीति अघि सारेको जनाएको छ । यसले कार्यालय सञ्चालनको ढाँचामा परिवर्तन ल्याउने र सेवाग्राहीको पहुँच व्यवस्थापनमा नयाँ अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।

यद्यपि, अत्यावश्यक सेवा प्रदान गर्ने निकायहरूमा भने यस निर्णयले असर नगर्ने सरकारको स्पष्टिकरण छ । स्वास्थ्य, सुरक्षा लगायतका सेवा पूर्ववत् सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित खवर

एउटै मान्छे लुसिफर र देवता दुवै हो !

एउटै मान्छे लुसिफर र देवता दुवै हो !

काठमाडौँ । डा. रामकृष्ण तिमल्सेनासँग ११ वर्ष सर्वोच्च अदालतको रजिष्ट्रारका रुपमा काम गरेको अनुभव...

हामीले संविधान नै लेखेर बुझायौँ

हामीले संविधान नै लेखेर बुझायौँ

काठमाडौँ । पाठकवृन्द ! मार्टिन चौतारीको कार्यालयभन्दा अलिकति पूर्वतिर बबरमहलमा एउटा गैरसरकारी संस्थाको कार्यालय...

उपाधि नै नलिइ डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

उपाधि नै नलिइ डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य...

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) ले कानून आयकर कानूनबारे तालिम...