मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

जस नेपाल

२९ चैत २०८२

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ । सम्पत्ति विवरणमा मिडियाको मुख्य ध्यान कुन मन्त्रीसँग कति सुनचाँदी छ र कुन मन्त्री कति धनी छन् भन्नेतर्फ केन्द्रित भएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुले आफूसँग प्रशस्तै सुन रहेको देखाएका छन् । जग्गाजमीन, सेयर लगानी र बैंक मौज्दातसमेत प्रायःजसो मन्त्रीहरुसँगै प्रशस्त देखिएको छ । अधिकांश मन्त्री धनी वर्गबाटै आएको विवरणबाट प्रष्ट हुन्छ ।
प्रधानमन्त्री र मन्त्रीहरुले भर्ने सम्पत्ति विवरणसम्बन्धी फारममा एउटा कोलम ‘कृषि तथा पशुधन’ समेत उल्लेख छ ।

मिडियाले मन्त्रीहरुको सुनचाँदी, नगद र सेयर लगानीबारे हिसाब–किताब गरिरहँदा जस नेपालले चाहिँ कुन मन्त्रीसँग कति ‘पशुधन’ रहेछ भन्नेबारे चासो राखेको छ ।

एकजना मन्त्रीले बाहेक कसैले पनि कुकुरसम्म पालेको पाइएन । कृषिमन्त्रीले भने माइतीबाट ल्याएर बाख्रा र केही कुखुरा पालेको भेटियो ।

पशुधनको कुरा गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले २० वटा कुखुरा र एउटा कुकुर पालेको पाइएको छ ।

कषि तथा पशुपंक्षी मन्त्री गीता चौधरीसँग २ वटा बाख्रा र १० वटा कुखुरा रहेका छन् । मन्त्री चौधरीले ती बाख्रा र कुखुरा माइतबाट उपहार पाएकी हुन् ।

पर्यटनमन्त्री खड्कराज पौडेलले आफ्नो सम्पत्ति विवरणमा ‘केही पशु तथा चारचुरुङी’ समेत रहेको विवरण पेश गरेका छन् ।

मन्त्रीत्रय बादी, चौधरी र पौडेलबाहेक अरु कसैसँग पनि पशुधनका रुपमा ‘चरो–मुसो’ पाइएन । कुकुर पाल्ने मन्त्री पनि एकजना मात्र भेटिए ।

मन्त्रीहरुसँग सुनचाँदी, गरगहना भने भरीभराऊ पाइएको छ । अधिकांश मन्त्रीले सुनको स्रोत ‘विवाहबाट प्राप्त’ भनेका छन् ।

आधुनिक युगमा ‘कोर्ट म्यारिज’को जमाना आए पनि नयाँ भनिएका नेताहरुले पनि बिहेमा सुनको प्रयोग खुलेरै गर्दारहेछन् भन्ने देखिएको छ । विगतमा सरकारमा पुराना पार्टीका नेताहरुले पनि सम्पत्ति विवरणमा सुन देखाउने गरेका थिए । उनीहरुले पनि सुन ‘बिहेमा प्राप्त गरेको’ भन्ने गरेका थिए ।

सुनपछि घडेरी र सेयरमा लगानी गर्ने ‘ट्रेन्ड’ समेत राम्रै देखिएको छ । बैंकबाट ऋण लिएर गाडी किन्ने मन्त्रीहरु पनि भेटिएका छन् ।

उता, गोरखाका सुधन गुरुङले धनकुटाको कार्कीछापमा समेत १९ रोपनी जग्गा जोड्न भ्याएका रहेछन् । उक्त जग्गा ‘लगानीबाट प्राप्त’ आम्दानीले जोडेको उनले बताएका छन् ।

कतिपय मन्त्रीहरुले बुझाएको सम्पत्ति विवरणमा भने टिपेक्स लगाएको पाइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले भने टिकटक, युट्युब आदि सामाजिक सञ्जालबाटै करोडौं आम्दानी गरेको सम्पत्ति विवरणमा खुलेको छ ।

आखिर जे भए पनि बालेन सरकारका मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्जनिक गरेका छन् । सुशासनका लागि यो अनिवार्य गर्नैपर्ने कार्य हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) अनुसार मन्त्री बनेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने हुन्छ ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दफा ३१ को उपदफा (१) ले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् –

सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरूको सम्पत्ति विवरण

सम्बन्धित खवर

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...

वातावारणीय क्षतिपूर्तिमा अब स्पष्ट मापदण्ड : भारतको सर्वोच्च अदालत

वातावारणीय क्षतिपूर्तिमा अब स्पष्ट मापदण्ड : भारतको सर्वोच्च अदालत

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले फोहोरमैला व्यवस्थापन नियम, २०२६ ‘Solid Waste Management Rules, 2026’...

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

काठमाडौँ ।  सर्वोच्च अदालतमा शुक्रबार  ४२८ मुद्दामा पेसी तोकिए मध्य ८९ मुद्दामा फैसला भएको...

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना १५ बुँदे माग तत्काल सम्बोधन गर्न...