‘साहु बा’ वेबसिरिजमा ३८० कलाकारको अभिनय

जस नेपाल

१४ वैशाख २०८३

 ‘साहु बा’ वेबसिरिजमा ३८० कलाकारको अभिनय

काठमाडौं । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ सार्वजनिक भएको छ ।

साप्ताहिक रूपमा म्युजिक नेपाल इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भइरहेको यस सिरिजका हालसम्म दुई एपिसोड सार्वजनिक भएका छन् ।

‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित कथावस्तुमा रहेको ‘साहु बा’ सिरिजमा ३८० जना भन्दा बढी कलाकारले अभिनय गरेका छन् । यस सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजन लगायतका नेपाली चलचित्र र रंगमञ्चका स्थापित कलाकारहरूको अभिनय छ ।

कथाको सुरुवात सीमापारिबाट हुने अवैध कारोबार र धनको चलखेलबाट हुन्छ । सिरिजको मुख्य पात्रको रूपमा विजु पार्की देखिएका छन् ।  ‘साहु बा’ले ‘सिनेम्याटिक एक्सन’ लाई प्राथमिकता दिएको छ ।

निर्देशक एवं लेखक सुजोय योङ निर्देशित ‘साहु बा’को कुल २४ एपिसोड तयार गर्न निर्माण टोलीले करिब तीन वर्षको लामो समय खर्चिएको छ ।

आयुषमान जोशी, संगम राई र अनिश तामाङ छायाकार रहेको यस सिरिजको रामप्रसाद चौधरी सम्पादक हुन् । सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।

सम्बन्धित खवर

रवि दाइ, तपाईंलाई म बुझाइदिन्छु…

रवि दाइ, तपाईंलाई म बुझाइदिन्छु…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक परिषदबाट डा. मनोज...

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न,  मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

काठमाडाैँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जस...

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

काठमाडौँ । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक्सको आयात रोक्दा युवाहरूको स्वास्थ्य जोगिन्छ भन्ने आशा थियो।...

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

काठमाडाैँ ।  कानून दिवसकाे‍ अवसरमा नेपाल बार एसाेसिएशनकाे आयाेजनामा संविधानवाद र कानूनी शासनमा देखिएका...