कानून दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

जस नेपाल

२४ वैशाख २०८३

कानून दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

काठमाडौँ । आजभन्दा सात दशकअघि सर्वोच्च अदालतको स्थापना भएको दिनलाई नेपालमा कानून दिसवका रुपमा मनाउने गरिएको छ । यसवर्षको कानून दिवस बैशाख २६ गते शनिबार परेको छ । उक्त दिवसका अवसरमा जस नेपालले ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

ललितपुर उच्च अदालतको ब्याडमिन्टल हलमा आयोजना हुने प्रतियोगिताको उदघाटन शुक्रबार बिहान ६ बजे हुने जस नेपालका प्रबन्ध निर्देशक अधिवक्ता हरिप्रसाद मैनालीले बताए ।

कानून दिवसका दिन बैशाख २६ गते शनिबार फाइनल खेलका साथै शुभकामना आदानप्रदान कार्यक्रम गरिने कार्यसूची रहेको छ ।

विगतमा पनि यसरी न्यायिक क्षेत्रको सहभागितामा ब्याडमिन्टन प्रतियोगिता हुने गरेको र यसपालि जस नेपालले उक्त परम्परालाई निरन्तरता दिएको उनले बताए ।

ब्याडमिन्टन प्रतियोगितामा माननीय न्यायाधीशहरु, न्याय र कानून सेवाका कर्मचारीहरु, सरकारी वकील र कानून व्यवसायीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा सहभागी हुने टिम दर्ताका लागि आज विहीबार दिउँसो ३ बजेसम्म समय निर्धारण गरिएको छ ।

हेर्नुहोस् सूचना

सम्बन्धित खवर

एउटै मान्छे लुसिफर र देवता दुवै हो !

एउटै मान्छे लुसिफर र देवता दुवै हो !

काठमाडौँ । डा. रामकृष्ण तिमल्सेनासँग ११ वर्ष सर्वोच्च अदालतको रजिष्ट्रारका रुपमा काम गरेको अनुभव...

हामीले संविधान नै लेखेर बुझायौँ

हामीले संविधान नै लेखेर बुझायौँ

काठमाडौँ । पाठकवृन्द ! मार्टिन चौतारीको कार्यालयभन्दा अलिकति पूर्वतिर बबरमहलमा एउटा गैरसरकारी संस्थाको कार्यालय...

उपाधि नै नलिइ डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

उपाधि नै नलिइ डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य...

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) ले कानून आयकर कानूनबारे तालिम...