संवैधानिक परिषद्को बैठक बस्दै, को बन्ला प्रधानन्यायधीश ?

जस नेपाल

२४ वैशाख २०८३

संवैधानिक परिषद्को बैठक बस्दै, को बन्ला प्रधानन्यायधीश ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक आज बिहीबार अपराह्न ५ बजे बस्दै छ। बैठकको मुख्य एजेन्डा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हो ।

न्याय परिषद्ले यसअघि पठाएको ६ सदस्यीय रोस्टरमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम छ । जसमध्ये को बन्ला आगामी प्रधानन्यायधीश भन्ने विषयमा सबैको चासो रहेको छ ।

बैठकको संरचना

संविधानको धारा २८४ बमोजिम ६ सदस्यीय संवैधानिक परिषद्मा निम्न सदस्यहरू रहनेछन्:

-अध्यक्ष: प्रधानमन्त्री वालेन्द्र शाह
-सदस्य: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम (प्रधानन्यायाधीशको पद रिक्त भएकाले)
-सदस्य: प्रतिनिधिसभा सभामुख डीपी अर्याल
-सदस्य: राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल
-सदस्य: प्रतिनिधिसभा विपक्षी दलका नेता भीष्मराज आङदेङ्बे
-सदस्य: प्रतिनिधिसभा उपसभामुख रुबीकुमारी ठाकुर

परिषद्ले सिफारिस गरेपछि उक्त नाम संसदीय सुनुवाइ समितिमा जानेछ। सुनुवाइबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले हाल प्रधानन्यायाधीशको कामु जिम्मेवारी सम्हाल्दै आएकी छन्। पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण चैत १८ गते अवकाश भएपछि उनले जिम्मेवारी पाएकी हुन् ।

संविधानको धारा २८४ को उपधारा २ ले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्दा कानुनमन्त्रीलाई सदस्य बनाउने व्यवस्था गरेको छ ।

परिषद्मा सर्वसम्मति नभए ३ जनाको बहुमतबाट निर्णय गर्न सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ समेत ल्याएको छ ।

बैठकले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ ।

 

सम्बन्धित खवर

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम...

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

काठमाडौँ ।  यो साता अदालतको सबैभन्दा चर्चित विषय बनेको थियो-प्रधानन्यायाधीशको सिफारिस । संवैधानिक परिषद्ले...

महाअभियोगको भयबाट मुक्त भएर अघि बढौँ, संरचना भत्काउने र विधिको हत्या गर्नेहरुको स्वार्थ भंग हुनेछ

महाअभियोगको भयबाट मुक्त भएर अघि बढौँ, संरचना भत्काउने र विधिको हत्या गर्नेहरुको स्वार्थ भंग हुनेछ

नेपाल प्रधान न्यायालय ऐन २००८, विक्रम सम्बत् २००९ सालमा वैशाख २६ गतेबाट लागु भएको...

डा. मनोज शर्माबारे यहाँहरुलाई मैले जानकारी दिनुपर्ने भो ! (भिडियोसहित )

डा. मनोज शर्माबारे यहाँहरुलाई मैले जानकारी दिनुपर्ने भो ! (भिडियोसहित )

यहाँहरुलाई मैले जानकारी दिनु पर्ने भो । यहाँहरुमध्ये धेरै मित्रहरुलाई जसलाई जानकारी छ वा...