श्रममन्त्री यादव भन्छन् – १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्ने तयारी भइरहेको छ

जस नेपाल

२४ वैशाख २०८३

श्रममन्त्री यादव भन्छन् – १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्ने तयारी भइरहेको छ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका हुन् ।

उनले अहिले १३ देशसंगमात्रै द्विपक्षीय श्रम सम्झौता भए पनि १७८ देशमा नेपाली श्रमिकहरू रहेको उल्लेख गरे । मन्त्री यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्ने प्रयास भइरहेको बताए । श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको उनले बताए ।

मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिकहरू गैरकानूनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केही गर्न नसकेको उल्लेख गरे । उनले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकहरूको शव ल्याउन केही ढिलाइ भएको भन्दै अव भने ढिलाइ नहुने स्पष्ट पारेका छन् ।

मन्त्री यादवले स्थानीय तहमा नै रोजगारी सिर्जना गर्नका लागि मन्त्रालय योजनाका साथ अघि बढिरहेको धारणा राखे । बैठकमा समिति सदस्यहरूले वैदेशिक रोजगारमा जाने नेपालीहरूलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका थिए । बैठकमा समिति सभापति रहबर अन्सारीले मन्त्री यादवलाई समितिको यसअघिको निर्देशन तथा सुझावहरू हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खवर

रवि दाइ, तपाईंलाई म बुझाइदिन्छु…

रवि दाइ, तपाईंलाई म बुझाइदिन्छु…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक परिषदबाट डा. मनोज...

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न,  मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

काठमाडाैँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जस...

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

काठमाडौँ । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक्सको आयात रोक्दा युवाहरूको स्वास्थ्य जोगिन्छ भन्ने आशा थियो।...

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

काठमाडाैँ ।  कानून दिवसकाे‍ अवसरमा नेपाल बार एसाेसिएशनकाे आयाेजनामा संविधानवाद र कानूनी शासनमा देखिएका...