राज्यले डोजर आतंक मच्चाएको भन्दै बुटवलमा विरोध प्रदर्शन (फोटो फिचर)

जस नेपाल

२४ वैशाख २०८३

राज्यले डोजर आतंक मच्चाएको भन्दै बुटवलमा विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडाैँ । भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थीत बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ ।

राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले हाम्रो कर बैध, हाम्रो मत बैध, हामी कसरी अवैध बालेन सरकार भन्दै नारावाजी गरेका थिए । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले कर र मत दिने नागरिकलाई अवैध बनाउने कार्य वर्तमान सरकारले गरेको बताए । उनले आफुहरुलाई अवैध भने वालेन सरकार पनि बैध हुन नसक्ने जिकिर गरे । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीमाथि डोजर चलाउन मत नदिएको भन्दै उनले आफुहरुको बिषयमा गम्भीर हुन माग गरे ।

त्यस्तै संघर्ष समितिका संयोजक खड्क बहादुर पौडेलले संघीय सरकारको निर्देशनमा रुपन्देहीमा सुकुमवासी र अव्यवस्थित बस्ती खाली गराउन लागिएकोप्रति आपत्ति जनाएका छन् । उचित विकल्पबिना बस्ती खाली गराउने कार्य भए सशक्त प्रतिकार हुने चेतावनी संघर्ष समितिले दिएको छ ।

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...