काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र राससलाई चिनिन्छ । यी सरकारी सञ्चार माध्यमले सरकारको गुणगान गाउने गरेको आरोप लाग्दै आएको छ ।
फागनु २१ को चुनावपछि रास्पवाको शक्तिशाली सरकार बनेपछि यी सरकारी सञ्चार माध्यममा विगतको भन्दा बढी त्रासको वातावरण उत्पन्न भएको त्यहाँ कार्यरत पत्रकारले नै बताउने गरेका छन् ।
तर, सरकारी सञ्चार माध्यमले डराउन र सरकारको गुणगान गाउन आयश्यक नरहेको प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले बताएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित सम्पादकहरुसँगको छलफल कार्यक्रममा शाहले भने, ‘सरकारी सञ्चार माध्यमहरु पनि यहाँ हुनुहुन्छ, उहाँहरुलाई पनि आज यहीँदेखि भन्छु, तपाईहरुले सरकारको गुणगान गाउनुपर्दैन ।’
शाहले थपे, ‘सरकारलाई खबरदारी गर्ने कुरामा निजी सञ्चार माध्यमले जसरी गरिरहनुभएको छ, तपाईहरुले पनि त्यसैगरी गर्नुहोस् भनेर म आजै यहाँबाट त्यो पनि स्पष्ट गर्दिन चाहन्छु ।’
सञ्चार माध्यमलाई सरकारले जहिले पनि वाचडगका रुपमा लिएको र खबरदारी जारी राख्न आग्रह गर्दै शाहले भने ‘सरकारले बाटो बिरायो भने खबरदारी गर्ने कुरामा सरकार एकदम स्पष्ट छ, तपाईहरुको भूमिकालाई हामीले एकदमै सह्रानीयरुपमा लिएका छौं । यो सरकारलाई बारम्बार खबरदारी र सुझावहरु सञ्चार माध्यमबाट दिनुहोला ।’
यो पनि-
संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)
ताजा अपडेट
