कास्की जिल्ला बारमा गणेशबहादुर आले नेतृत्वको प्यानल विजयी

जस नेपाल

५ जेठ २०८३

कास्की जिल्ला बारमा गणेशबहादुर आले नेतृत्वको प्यानल विजयी

काठमाडौँ । कास्की जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष पदमा गणेशबहादुर आलेले फराकिलो मतान्तरसहित विजयी भएका छन्‌ ।

डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) र प्रोग्रेसिभ एण्ड प्रोफेशनल लयर्स एशोसिएशन (पीपीएलए) को संयुक्त गठबन्धनका साझा उम्मेदवार आलेले दुई वर्षसम्म जिल्ला बारको नेतृत्व सम्हाल्नेछन्‌ ।

आलेले कुल खसेको ८३ मतमध्ये ६० मत पाउँदा प्रतिस्पर्धी पुष्पराज दाहालले १९ मत मात्र प्राप्त गरे।  कुल ९३ सदस्य रहेको एसोसिएसनमा ८३ जनाले मतदानमा भाग लिएका थिए, जसमा ४ मत बदर भएको थियो ।

अध्यक्षसहित आलेको सम्पूर्ण प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा यामप्रसाद पौडेल, सचिवमा भूपराज पोखरेल, सहसचिवमा अञ्जना बराल सुवेदी र कोषाध्यक्षमा सुष्मा ओझा निर्वाचित भएका छन् । सहसचिवमा  सुवेदी निर्विरोध चयन भएकी हुन्‌ ।

पल्लवी न्यौपाने, सुमित्रा पराजुली, प्रदीपकुमार राना, प्रदीप अधिकारी, संगीता काफ्ले, चित्रबहादुर सुनार, गोविन्दप्रसाद वाग्ले र बुद्धिप्रसाद सुवेदी सदस्य पदमा निर्वाचित भएका छन् ।

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...