कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

जस नेपाल

८ जेठ २०८३

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) ले कानून आयकर कानूनबारे तालिम आयोजना गर्न लागेको छ। 

लयर्स एकेडेमी समितिको आयोजनामा `आयकर कानून र आयकर सम्बन्धी विवादको न्यायिक निरुपण (राजश्व प्रशासन र राजश्व संरचना सहित आयकर विवादमा कानून व्यवसायीले ध्यान दिनु पर्ने कुराहरू समेत)` विषयक एक दिने तालिम सञ्चालन हुन लागेको हो ।

यो तालिम २०८३ जेठ १४ गते बिहीबार बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म नेपाल कानून व्यवसायी परिषद् भवन (कुपण्डोल, ललितपुर)मा हुनेछ । तालिममा ५० जनाको मात्र सहभागिता रहनेछ ।

इच्छुक कानून व्यवसायीले २०८३ जेठ १३ गते दिउँसो २:०० बजेभित्र रु. १,०००/- दर्ता शुल्क सहित नाम दर्ता गर्नुपर्नेछ । पहिले आवेदन दिएकालाई प्राथमिकतामा राखी नाम दर्ता गरिने परिषद्‌ले जनाएको छ ।

यसअघि २०८३ जेठ ६ गते नेपाल कानून व्यवसायी परिषद्, लयर्स एकेडेमी समितिको आयोजनामा `सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धान प्रक्रिया र चुनौतीहरू` विषयमा नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले प्रशिक्षण दिएका थिए ।

हेर्नुहोस् सूचना-

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...