कास्की अदालतले फिर्ता गर्‍यो रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा

जस नेपाल

८ जेठ २०८३

कास्की अदालतले फिर्ता गर्‍यो रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा

काठमाडौँ ।  रास्वपा सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग कास्की जिल्ला अदालतले फिर्ता गरिदिएको छ ।

कास्की जिल्ला अदालतले शुक्रबार यी दुई कसूर झिक्न अनुमति दिएको हो ।

लामिछानेविरुद्ध परेको सहकारी ठगी सम्बन्धी अभियोजन भने यथावत् रहेको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले ८ जेठ २०८३ मा जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको हो ।

मुद्दा नं. ०५०-C१-०४२६, ०५१-C१-०४३४ र ०५१-C१-०४३५  मा दायर भएको यो निवेदनलाई तत्कालीन महान्यायाधिवक्ता सविता गौतम भण्डारीले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।

सोही आधारमा जिल्ला सरकारी वकील कार्यालयले अभियोजन संशोधन गर्न अदालतमा निवेदन दिएको थियो ।

न्यायाधीश बेलबासेको इजलासले उक्त निवेदन सदर गर्दै सहकारी ठगीसम्बन्धी अभियोगलाई कायम राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने  निर्णय गरेको हो ।

गोविन्द अधिकारी समेतको जाहेरीका आधारमा रवि लामिछानेसहित अन्य विरुद्ध दायर भएको मुद्दामा सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीका आरोप थिए । अब सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप झिकिए पनि सहकारी ठगीको मुद्दा भने अदालतमा अझै कायम छ ।

हेर्नुहोस् आदेश –

सम्बन्धित खवर

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट...