ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी पत्रकार ई. जीन क्यारोल अनुसन्धानको घेरामा

जस नेपाल

१४ जेठ २०८३

ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी पत्रकार ई. जीन क्यारोल अनुसन्धानको घेरामा

काठमाडौं । अमेरिकी न्याय विभाग (DOJ) ले पत्रकार ई. जीन क्यारोलमाथि आपराधिक अनुसन्धान सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी क्यारोलले अदालतमा दिएको बयानमा झुट बोलेको (perjury) आरोपमा अनुसन्धान थालिएको बताइएको छ ।

CNN का अनुसार, DOJ को अनुसन्धान क्यारोलले ट्रम्पविरुद्ध दायर गरेका देवानी मुद्दाहरूमा अदालतसमक्ष गलत जानकारी दिएको थियो वा थिएन भन्ने विषयमा केन्द्रित हुनेछ ।

क्यारोलले ट्रम्पविरुद्ध दायर गरेको मुद्दामा सन् २०२२ मा जूरीले ट्रम्पलाई यौन दुर्व्यवहारमा जिम्मेवार ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति दिलाएको थियो । त्यसपछि ट्रम्पले सार्वजनिक रूपमा दिएको टिप्पणीलाई मानहानिजन्य ठहर गर्दै अर्को जूरीले क्यारोललाई ८ करोड ३३ लाख डलर क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

मे महिनाको सुरुमा संघीय पुनरावेदन अदालतले ट्रम्पको पुनःसुनुवाइ माग अस्वीकार गरेको थियो। त्यसपछि अमेरिकी न्याय विभागले ट्रम्पको पक्षमा हस्तक्षेप गर्ने घोषणा गर्दै सर्वोच्च अदालतमा दायर अपिलमा साथ दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चे उक्त अनुसन्धानबाट अलग भएका छन्, उनी यसअघि ट्रम्पका व्यक्तिगत वकिलका रूपमा उक्त मुद्दामा संलग्न थिए ।

अनुसन्धानको नेतृत्व अमेरिकी अधिवक्ता एन्ड्रयू बाउट्रोसले गरिरहेका छन् ।

क्यारोलले ट्रम्पविरुद्ध दुईवटा मुद्दा दायर गरेकी थिइन् । पहिलो मुद्दामा उनले सन् १९९० को दशकमा न्यूयोर्कस्थित एक डिपार्टमेन्ट स्टोरमा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

दोस्रो मुद्दा ट्रम्पले सन् २०१९ मा उक्त आरोप अस्वीकार गर्दै “क्यारोल आफ्नो प्रकारकी महिला नभएको” तथा “पुस्तक बिक्री बढाउन बनावटी आरोप लगाएको” दाबी गरेपछि मानहानिसम्बन्धी दायर गरिएको थियो ।

अमेरिकी संघीय अभियोजकहरूले अहिले सन् २०२२ को एक भिडियो बयानमाथि पनि अनुसन्धान गरिरहेका छन् । जसमा क्यारोलले ट्रम्पविरुद्धको मुद्दाका लागि आफूले कुनै बाह्य आर्थिक सहयोग नलिएको बताएकी थिइन् । पछि अर्बपति ब्यापारी रिड होफम्यानले क्यारोलका केही कानुनी खर्च तथा अन्य व्यय व्यहोरेको सार्वजनिक भएको थियो ।

सम्बन्धित खवर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

काठमाडौँ । नेपालमा बालयौन दूराचारमा नौ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय...

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) ले बि ए एल एल बी कार्यक्रमको...

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ,  एआईको स्वामित्व लिने हैन

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ, एआईको स्वामित्व लिने हैन

अब यो कुरा स्पष्ट भइसकेको छ कि सरकारले एआई उद्योगलाई आकार दिने जिम्मेवारी लिनुपर्छ।...

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

काठमाडौँ । नेपाली नागरिकहरूलाई झुटा कागजात तयार गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा...