बजेट भाषण : करदातालाई ठूलो राहत !

जस नेपाल

१५ जेठ २०८३

बजेट भाषण : करदातालाई ठूलो राहत !

काठमाडौं । सरकारले मध्यमवर्गलाई राहत दिने उद्देश्यसहित व्यक्तिगत आयकरमा परिवर्तन गरेको छ । अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमार्फत आयकर छुटको सीमा दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन् ।

साथै, व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाइएको छ। बजेटमा प्राकृतिक व्यक्तिको मृत्यु पश्चात् हुने अंशबन्डा, अस्वाभाविक निष्कर्ष तथा निकायमा हुने स्वामित्व परिवर्तनका कारण नियन्त्रणकारी निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ आकर्षित नहुने व्यवस्था पनि गरिएको छ ।

अर्थमन्त्रीले औद्योगिक क्षेत्रलाई पनि सहुलियत दिँदै ७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइएको जानकारी दिए। त्यस्तै, हाल कायम ११ तहका भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको छ ।

“मध्यमवर्ग विस्तार र आर्थिक गतिविधि चलायमान बनाउन कर प्रणालीलाई थप सहज बनाइएको हो,” अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दै भने ।

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...