पुँजीगत लाभकर अन्तिम कर हुने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला

जस नेपाल

१५ जेठ २०८३

पुँजीगत लाभकर अन्तिम कर हुने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरेका छन् । आव २०८३/८४ को बजेटमार्फत सरकारले शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर प्रणालीमा थप सहजता दिने नीति अघि सारेको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्था परिमार्जन गरिने जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गरिने बताए ।

लामो समयदेखि शेयर लगानीकर्ताहरूले माग गर्दै आएको पुँजीगत लाभकरको विषयलाई सरकारले बजेटमार्फत सम्बोधन गरेको छ ।

सम्बन्धित खवर

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

काठमाडौँ ।  इजिप्ट फुटबल फेडेरेसन (ईएफए) ले फिफामाथि औपचारिक रुपमा उजुरी दायर गरेको छ।...

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई...

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन...

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

संविधानको प्रस्तावनामा समाजवाद लेखिएको छ। सामाजिक न्याय पनि लेखिएको छ। सत्तारूढ दल रास्वपाले सामाजिक...