काठमाडौँ । सरकारले बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा गरेको छ ।
संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन र बैङ्किङ सजाय तथा कसुर ऐनमा समयानुकूल संशोधन गर्ने बताएका हुन् ।
सरकारले विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान लघुवित्त वित्तीय संस्थामार्फत वितरण गर्न रकम विनियोजन गरेको पनि जनाएको छ ।

