स्वतन्त्र सांसद्‌ महावीर पुन पनि मन्त्री बन्दै

जस नेपाल

२० जेठ २०८३

स्वतन्त्र सांसद्‌ महावीर पुन पनि मन्त्री बन्दै

काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएर म्याग्दीबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य (सांसद्‌) महावीर पुन पनि बालेन्द्र शाह नेतृत्वको सरकारमा सहभागी हुने भएका छन्‌ ।

उनलाई प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्न लागेका हुन्‌ । यसअघि सो मन्त्रालयको कार्यभार पनि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सम्हाल्दै आएका थिए ।

फागुन २१ मा भएको चुनावमा पुनलाई हाल सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको थियो । उनको क्षेत्रमा रास्वपाले उम्मेदवारी नै फिर्ता लिएको थियो ।

यसअघि नीति तथा कार्यक्रम र वार्षिक बजेटमा सूचना प्रविधि एवम्‌ नवप्रवर्तनलाई प्राथमिकता नदिएको भन्दै पुनले सरकारको आलोचना गर्ने गरेका थिए । माग सम्बोधन गर्नुको साटो पुनलाई प्रधानमन्त्री शाहले माग पूरा गर्ने मन्त्रालयकै जिम्मेवारी दिन लागेका हुन्‌ ।

यसअघि विचौलियासँग साझेदारी गरेको र सम्पत्ति विवरण लुकाएको सार्वजनिक आलोचना भएपछि गृहमन्त्रीबाट हटेका सुदन गुरुङसँगै पुनले पनि आज दिउँसो ३ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्‌ ।

सम्बन्धित खवर

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

काठमाडौँ ।  इजिप्ट फुटबल फेडेरेसन (ईएफए) ले फिफामाथि औपचारिक रुपमा उजुरी दायर गरेको छ।...

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई...

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन...

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

संविधानको प्रस्तावनामा समाजवाद लेखिएको छ। सामाजिक न्याय पनि लेखिएको छ। सत्तारूढ दल रास्वपाले सामाजिक...