सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै न्यायाधीश मनोज शर्मा (लाइभ)

जस नेपाल

२४ जेठ २०८३

सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै न्यायाधीश मनोज शर्मा (लाइभ)

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा आफूमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन्‌ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा जारी सुनुवाइमा यसअघि समिति सदस्यहरूले शर्मालाई प्रश्न सोधेका थिए ।

त्यसअघि समितिले आजै सुनुवाइको पहिलो चरणमा शर्मामाथि परेका १६ उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताहरूले निजको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका थिए ।

दोस्रो चरणको सुनुवाइमा सांसद्‌हरूले शर्मालाई अदालतमा बिचौलियाको प्रभाव कसरी घटाउने ? बेञ्च र बार द्वन्द्व कसरी हल गर्ने ? निष्पक्ष भइ कार्यपालिकाको काममा अङ्कुश लगाउने सक्ने कि नसक्ने ? अदालतमा भएको भनिएको गुटबन्दी र पक्षधरता कसरी अन्त्य गर्ने ? न्याय निरुपणमा न्यायिक मनको कुरा भएन भन्ने नागरिक प्रश्नको जवाफ कसरी दिने ? न्यायालयमा हुने गरेको भनिएको भ्रष्टाचार अन्त्य गर्न कसरी काम गर्ने ? संक्रमणकालीन न्यायबारे धारणा के हो र अन्तरिम आदेशले विकासको काम रोकिने गरेकोमा न्यायालयलाई विकासमैत्री कसरी बनाउने ? लगायत प्रश्न सोधेका थिए ।

संवैधानिक परिषद्‌ले वैशाख २४ मा डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

 

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...