भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

जस नेपाल

२५ जेठ २०८३

भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मेयर पदबाट स्वतः निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेसँगै उनी मेयर पदबाट निलम्बनमा परेका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ मा पदबाट स्वतः निलम्बन हुने व्यवस्था छ । दफा ३३ मा भनिएको छ ‘निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनार नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’

त्यस्तै दफा ३६ मा मुद्दा दायर गर्ने प्रावधान छ ।

यो पनि – अर्काकी छोरीलाई आफ्नै बनाएर नागरिकता : वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित खवर

मोबाइल नदिएको निहुँमा साथीको हत्या

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ...

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

गण्डकी । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’अन्तर्गत स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने...

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

झापा ।  शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।...