त्रि.वि. अन्तर्गत बी.ए.एलएल.बी. प्रवेश परीक्षाको आवेदन फारम आजदेखि खुल्यो

जस नेपाल

५ असार २०८३

त्रि.वि. अन्तर्गत बी.ए.एलएल.बी. प्रवेश परीक्षाको आवेदन फारम आजदेखि खुल्यो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत सञ्चालन हुने १० सेमेष्टर (५ वर्षे) बी.ए.एलएल.बी. कार्यक्रमको शैक्षिक सत्र २०८३/०८४ का लागि आज शुक्रबारदेखि प्रवेश परीक्षा आवेदन फारम खुला गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालय, बल्खुद्वारा प्रकाशित सूचनाअनुसार पहिलो सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षाको आवेदन अनलाइन प्रणालीमार्फत भर्न सकिनेछ ।

यस वर्ष त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा गरी कुल ५७० सिट का लागि प्रवेश प्रक्रिया सञ्चालन हुने भएको छ । सिट विवरणअनुसार नेपाल ल क्याम्पस,  प्रदर्शनीमार्गमा १६०, पृथ्वीनारायण क्याम्पस पोखरामा ८०, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा ७०, बुटवल बहुमुखी क्याम्पसमा ७०, महेन्द्र बहुमुखी क्याम्पस धरानमा ७०, नेशनल ल कलेजमा १२० सिट तोकिएको छ ।

प्रवेश परीक्षा दिन इच्छुक विद्यार्थीहरूले आवेदन भर्दा आवश्यक शैक्षिक योग्यता पुगेको हुनुपर्नेछ । साथै आवेदनसँगै शैक्षिक योग्यताको पत्र, नागरिकताको प्रमाणपत्र, आवश्यक परे समकक्षता निर्धारण प्रमाणपत्र (Equivalence Certificate), हालसालै खिचिएको दुवै कान स्पष्ट देखिने पासपोर्ट साइजको फोटो तथा हस्ताक्षर स्क्यान गरेर अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आरक्षण कोटाअन्तर्गत आवेदन दिने परीक्षार्थीहरूले सम्बन्धित दाबी पुष्टि गर्ने कागजात वा सिफारिस पत्र समेत पेश गर्नुपर्ने जनाइएको छ ।

हेर्नुहाेस् सूचना :

सम्बन्धित खवर

पाथीभरा केवलकार विवाद समाधान खोज्न विश्व राईको नेतृत्वमा कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न विश्व राईको नेतृत्वमा कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका...

नेपालमा मध्यस्थता : अन्तिमताको मूल्य कति ?

नेपालमा मध्यस्थता : अन्तिमताको मूल्य कति ?

काठमाडौँ । के तपाईंले कहिल्यै न्यायको मन्दिर केवल अदालतमात्र हो भन्ने विषयलाई गहिरोसँग सोच्नुभएको...

‘नारा लेख्न हारवर्ड पढ्न जरुरी छैन’

‘नारा लेख्न हारवर्ड पढ्न जरुरी छैन’

म ५० नपुगेको मान्छे हुँ । युनिभर्सिटीमा पढाउँछु । थेसिस सुपरभाइज गर्छु । कमेन्ट...

जी–७ शिखर सम्मेलन : विश्व नेतृत्व फेरि एउटै मञ्चमा, केन्द्रमा अर्थतन्त्रदेखि एआईसम्म

जी–७ शिखर सम्मेलन : विश्व नेतृत्व फेरि एउटै मञ्चमा, केन्द्रमा अर्थतन्त्रदेखि एआईसम्म

काठमाडौँ । विश्वका केही सबैभन्दा प्रभावशाली अर्थतन्त्र भएका देशका नेताहरू यस साता फ्रान्सको एभियनमा...