विकासको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक पर्‍याे : कानूनमन्त्री गौतम

जस नेपाल

५ असार २०८३

विकासको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक पर्‍याे : कानूनमन्त्री गौतम

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताएकी छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडकबहादुर विश्वकर्माले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनि प्रस्तुत गरेकाे प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त स्पष्टीकरण दिएकी हुन् ।

‘संसद् अधिवेशन बन्द भयो । सार्वजनिक खरिद ऐनले जहिले पनि अप्ठयारो परिरह्यो भन्ने कुरा यही संसदमा धेरै पटक कुरा उठिराखेको नै हो । अनि कसरी सम्बोधन गर्ने भन्दा त तत्काल जुन स्पिडमा सरकार हिंडिरहेको छ । कसरी सम्बोधन गर्ने ? भन्दा अध्यादेश ल्याएर सार्वजनिक खरिद सम्बन्धि व्यवस्थालाई संशोधन गरेर छिटो गरौ भनेर अध्यादेश ल्याइएको हो । अब प्रतिस्थापन विधेयक ल्याउँदा मिलाउने ठाउँहरू छन् नै,’ उनले भनिन् ।

सरकारले सांसदहरुले समेत लामो समयदेखि प्रश्न उठाएको उक्त विधेयकलाई संशोधन गरेर सरकारले जनताको जल्दाबल्दा समस्या समाधानको कामलाई सहज बनाएको दाबी उनको थियो ।

कानूनमन्त्री गौतमले सरकार जनताको समस्या समाधानका लागि गतिका साथ अघि बढेको पनि बताइन् ।

सम्बन्धित खवर

प्रतिनिधिसभा : ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभा : ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको...

शान्ति प्रक्रिया टुंग्याउन २१ करोड ९१ लाख १७ हजार बजेट

शान्ति प्रक्रिया टुंग्याउन २१ करोड ९१ लाख १७ हजार बजेट

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन...

शाही आयोग खारेज गर्ने सर्वोच्चको त्यो फैसला (पूर्णपाठ)

शाही आयोग खारेज गर्ने सर्वोच्चको त्यो फैसला (पूर्णपाठ)

काठमाडौँ । नेपालमा सार्वजनिक पदको दुरुपयोग र भ्रष्टाचार नियन्त्रणबारे लामो समयदेखि बहस हुँदै आएको...

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक जारी छ । सभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित...