विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

जस नेपाल

७ असार २०८३

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेकामध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १० लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १३ लाख ३० हजार, सुक देवले सर्विया पठाइदिन्छु भन्दै १३ लाख, मनिषले युके पठाइदिन्छु भन्दै दुई लाख, रामले युएई पठाइदिन्छु भन्दै दुई लाख ३० हजार, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै तीन लाख ५० हजार र मिरले युके पठाइदिन्छु भन्दै १२ लाख ६३ हजार लिएर सम्पर्कबिहीन भएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता थापा क्षेत्रीले बताए ।

सम्बन्धित खवर

जेनजी आन्दोलनमा जेलबाट फरार राई शङ्खपार्कबाट पक्राउ

जेनजी आन्दोलनमा जेलबाट फरार राई शङ्खपार्कबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको...

प्रज्ञाका कार्यालय सहयोगीको सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

प्रज्ञाका कार्यालय सहयोगीको सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौँ । नक्कली सर्टिफिकेट (शैक्षिक प्रमाणपत्र) बुझाएर नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिर खाइरहेका कार्यालय सहयोगी...

नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

काठमाडौँ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले...

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ...