केन्द्रीय कानून पुस्तकालय खारेज नगर्न बारको आग्रह

जस नेपाल

१ असार २०८३

केन्द्रीय कानून पुस्तकालय खारेज नगर्न बारको आग्रह

काठमाडौँ । कानून व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले केन्द्रीय कानून पुस्तकालय न्यायका क्षेत्रमा खोज, अनुसन्धान गर्ने स्थान भएकाले खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गरेको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा २०५० सालमा स्थापना भएको उक्त ऐतिहासिक पुस्तकालयले न्यायका क्षेत्रमा खोज, अनुसन्धान गर्ने तथा अन्य सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको हुँदा खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “न्यायाधीश, कानून व्यवसायी, कर्मचारी, कानूनका विद्यार्थीलगायत कानून र न्यायका क्षेत्रमा खोज, अनुसन्धान गर्ने व्यक्तिहरूका लागि अतिआवश्यक केन्द्रीय कानून पुस्तकालय विना कारण खारेज वा गाभ्नेजस्ता कार्यले पठन संस्कृतिमाथि प्रहार गर्ने भएकाले उक्त पुस्तकालय खारेज वा गाभ्ने कार्य नगर्न आग्रह गर्दछौँ ।”

सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा रहेको कानून क्षेत्रको बौद्धिक ज्ञान उत्पादनको थलोका रूपमा रहेको यो ऐतिहासिक पुस्तकालय खारेज वा गाभ्नुभन्दा यसलाई थप आधुनिकीकरण गर्दै विशिष्टीकृत रूपमा सञ्चालन गर्न आवश्यक भएको बारको भनाइ छ ।

सम्बन्धित खवर

मेडिको-लिगल : न्याय र चिकित्साको सम्बन्ध

मेडिको-लिगल : न्याय र चिकित्साको सम्बन्ध

काठमाडौँ । सडक दुर्घटना, हिंसात्मक घटना र शंकास्पद मृत्युका घटनाहरु समाजमा दैनिकजसो भइरहेका हुन्छन्।...

जुत्ता फुकालेर मुद्दा हेर्ने भारतीय न्यायाधीश एम.आर.शाह भन्छन्- अदालत न्यायको मन्दिर हो

जुत्ता फुकालेर मुद्दा हेर्ने भारतीय न्यायाधीश एम.आर.शाह भन्छन्- अदालत न्यायको मन्दिर हो

भारतीय सर्वोच्च अदालतका पूर्वन्यायाधीश एम.आर. शाह । तस्बिर स्रोत बार एण्ड बेञ्च भारतीय सर्वोच्च...

साताको अदालत : आर्थिक अपराधका मुद्दामा केन्द्रित, मेयरलाई भ्रष्टाचार मुद्दादेखि ट्रेड युनियन खारेजसम्म

साताको अदालत : आर्थिक अपराधका मुद्दामा केन्द्रित, मेयरलाई भ्रष्टाचार मुद्दादेखि ट्रेड युनियन खारेजसम्म

काठमाडौँ । यो साता अदालतमा आर्थिक अपराधका ठूला मुद्दाहरूले मुख्य स्थान ओगटे । विशेष...

न्याय र कानूनको क्षेत्रमा अनुसन्धानको महत्व

न्याय र कानूनको क्षेत्रमा अनुसन्धानको महत्व

ज्ञान, तथ्य र प्रमाणको व्यवस्थित खोज, विश्लेषण तथा व्याख्या गर्ने वैज्ञानिक विधि र व्यवस्थित...