पत्रकार ऐश्वर्या कुँवर वडाध्यक्षमाथि अभद्र व्यवहार मुद्दामा पक्राउ

जस नेपाल

८ असार २०८३

पत्रकार ऐश्वर्या कुँवर वडाध्यक्षमाथि अभद्र व्यवहार मुद्दामा पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् ।

आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष देवकोटा र कुँवरबीच विवाद भएको थियो । सो क्रममा कुँवरले देवकोटाको घाँटी समातेर प्रहार गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको हो ।

घटनापछि वडा प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर कुँवरलाई नियन्त्रणमा लिएको थियो । वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहार कसुरमा किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जाहेरीका आधारमा कुँवरलाई हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर

चिकित्सकमाथि कुटपिटपछि देशभर स्वास्थ्य सेवा ठप्प, मानव अधिकार आयोगले भन्यो- अत्यावश्यक सेवा सुचारु गर

चिकित्सकमाथि कुटपिटपछि देशभर स्वास्थ्य सेवा ठप्प, मानव अधिकार आयोगले भन्यो- अत्यावश्यक सेवा सुचारु गर

काठमाडौँ  । नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट र अस्पताल तोडफोडको...

सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा पूर्ववडा अध्यक्षविरुद्ध मुद्दा

सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा पूर्ववडा अध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला धनुषा, विदेह नगरपालिका वडा नं. ५ का...

लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा गराएको आरोपमा मुद्दा दायर 

लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा गराएको आरोपमा मुद्दा दायर 

काठमाडौँ । अध्यागमन विभागको प्रणाली दुरुपयोग गरी लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा...

नेपाली टोली बुनाई गएको छ, हामी चाँडै ग्रे लिस्टबाट निस्किनेछौँ

नेपाली टोली बुनाई गएको छ, हामी चाँडै ग्रे लिस्टबाट निस्किनेछौँ

आर्थिक र वित्तीय अपराधहरूमा वा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अपराधहरूमा नेपालको अभियोजन र अनुसन्धान कमजोर...