काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनको आयोजनामा आइतबार नेपाल बार एशोसिएसनको प्राङ्गणमा दही–चिउरा खाएर असार १५ मनाइएको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा कानून व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली कृषि संस्कृतिसँग जोडिएको असार १५ को महत्वबारे चर्चा गर्दै दही–चिउरा सेवन गरेका थिए ।

नेपालमा २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। धान रोपाइँको मुख्य समयको रूपमा चिनिने यस दिन कृषकहरूको श्रम र कृषि क्षेत्रको योगदानको सम्मानस्वरूप विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।




