प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

जस नेपाल

१४ असार २०८३

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए ।

“विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्”, उनले भने, “तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ ।”

त्यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राखेको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिए । प्रतिनिधिसभाको बैठक आजै १५ मिनेटपछि बस्नेछ ।

सम्बन्धित खवर

कालोसिसा प्रयोग गर्ने सवारीमा ट्राफिक चासो : ५७ सवारीचालक कारबाहीमा

कालोसिसा प्रयोग गर्ने सवारीमा ट्राफिक चासो : ५७ सवारीचालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्चालन गरिएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री...

प्रतिनिधिसभा बैठक : बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक : बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट बजेट आश्रित दुई...

सर्वोच्च अदालत र पत्रकारबीच अन्तरक्रिया

सर्वोच्च अदालत र पत्रकारबीच अन्तरक्रिया

काठमाडौँ । सर्वोच्च अदालत र सञ्चारकर्मीबीच न्यायिक समाचारको विश्वसनीयता, प्रेस स्वतन्त्रता तथा न्यायालय–सञ्चार सम्बन्धलाई...