मन्दिर निर्माणमा २२ लाख बढी भ्रष्टाचार, नौविरुद्ध मुद्दा

जस नेपाल

१५ असार २०८३

मन्दिर निर्माणमा २२ लाख बढी भ्रष्टाचार, नौविरुद्ध मुद्दा

तस्बिर : एआई

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नं. ६ स्थित बाँठपाली देवता मन्दिर निर्माण योजनामा भएको भ्रष्टाचारमा ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७५/७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नयाँ पर्यटन गन्तव्य विकासका लागि दुर्गाथली गाउँपालिकालाई निकासा दिइएको पैतालिस लाख रुपैयाँमध्ये उक्त अनियमितता भएको हो। स्वीकृत कुल लागत छपन्न लाख सात हजार आठ सय सन्तानब्बे रुपैयाँ असी पैसामध्ये सरकारको पैतालिस लाख, उपभोक्ता सहभागिता ११ लाख ७ हजार ८९७ रुपैयाँ असी पैसा र आकस्मिक  २ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

 २०७५ सालकाे चैत्र २६ मा बाँठपाली देवता मन्दिर निर्माण समितिसँग सम्झौता भई २०७६ साल असार २५ सम्म काम सम्पन्न गर्नुपर्ने थियो । तर दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला समेतको मिलेमतोमा वास्तविकभन्दा बढी काम देखाएर, अस्वाभाविक दररेट राखेर, जनसहभागिता रकम कम कट्टा गरेर र झुट्टा बिल-भरपाई पेश गरी कुल २२ लाख १ हजार ६६५  रुपैयाँ बढी भुक्तानी दिइएको अनुसन्धानले पुष्टि गरेको आयोगको जिकिर छ।

आरोपितहरूमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, छविसपाथिभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल, सवइन्जिनियर बम बहादुर बोहरा रहेका छन्। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को (क), (ग) र (ङ) बमोजिम बिगो कायम गरी कैद, जरिवाना र बिगो असुल उपर गर्न माग गरिएको छ।

छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला र वडा नं. ६ का वडा अध्यक्ष मोहन लाल विकलाई भ्रष्टाचार निवारण ऐनको दफा १९(२) बमोजिम सजाय माग गरिएको छ।

निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा (कृष्ण बुढा), सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढालाई मतियारको रूपमा दफा २२ बमोजिम मुख्य कसुरदार सरह सजाय माग गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आज (साेमबार) जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ । 

सम्बन्धित खवर

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी...

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा...

काभ्रेमा साउन महिनामा ७४ आपराधिक घटना, ७६ जना पक्राउ

काभ्रेमा साउन महिनामा ७४ आपराधिक घटना, ७६ जना पक्राउ

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९...

विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र...