दृष्टिविहीन नागरिक नौ दिनदेखि माइतीघरका सडकमा

जस नेपाल

१६ असार २०८३

दृष्टिविहीन नागरिक नौ दिनदेखि माइतीघरका सडकमा

काठमाडौँ । सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले काठमाडौंको माइतिघरमा निरन्तर धर्ना दिएका छन् ।

सडकपेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दुष्टियुक्त व्यक्तिहरूमाथि काठमाडौँ महानगर लगाएत बिभिन्न निकायहरूले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरूले नौ दिनदेखि काठमाडौँको माइतीघरमा निरन्तर धर्ना दिएका हुन् ।

सडकपेटी केन्द्रीय स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहको अगुवाइमा भएको धर्नामा सहभागीहरुले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको गुनासो गरेका छन् ।

सडकपेटी आश्रित दृष्टिविहीन नागरिक पूर्णबहादुर रोकायाले क्षमताका आधारमा रोजगारीको व्यवस्था हुनुपर्ने, दृष्टिविहीन नागरिकहरूले उत्पादन गरेका बस्तुहरू राज्यले खरिद गर्नुपर्ने माग रहेको बताए ।

राज्यले दिएको अपाङ्ग भत्ताले जीवननिर्वाह गर्न कठिन भएकाले सडकपेटीलाई कार्यस्थल बनाउन नदिने राज्यले नै उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सम्बन्धित खवर

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

काठमाडौँ ।  विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड...

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

काठमाडौँ । विभिन्न जिल्लाबाट पैदल काठमाडौँ आएर माइतीघर मण्डला र पुलचोकमा धर्ना गरिरहेका लघुवित्त...

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्थाका पत्रकार कशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।...

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो...